हेटौंडा, भदौं ३१ –
चितवनको खुरखुरेबाट ९१९ किलो गाँजा बोकेर भारत जाँदै गरेको ट्रकलाई सशस्त्र प्रहरी हेटौंडा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सवारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आज बिहान ४ बजे गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेका छन् ।
सशस्त्र प्रहरीका एसपी अनिल कार्कीका अनुसार बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याइएको थियो । े
भारतीय एन एल ०१ एसी २१४४ नंबरको ट्रकमा गाँजा बरामद भएको हो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













