चितवन, भदौ ३१
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २६ औ जिल्ला साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रम शनिबार चितवन जिल्ला अदालत बार एशोसिएसनको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बराल रहनु भएको थियो ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, शाखाका संस्थापक जिल्ला अध्यक्ष दिल बहादुर बोगटी, केन्द्रीय उप सभापति राजेन्द्र पौडेल, नवलपुर शाखाका अध्यक्ष भानु रिमाल, पुर्व केन्द्रीय सचिव बाबुहरी आचार्य, मानव अधिकारकर्मि बिनोद खण्ड तिमिल्सिना, शान्ति समाज चितवन शाखाका सल्लाहकार शिक्षाविद् प्रकाश अधिकारी, शान्ति समाजका पुर्व केन्द्रीय सभापति उत्तम पुडासैनी, केन्द्रीय प्रतिनिधि शान्ति समाजका केन्द्रीय सदस्य देवराज भट्टराई लगायतका अधिकारकर्मिहरुले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो ।
चितवन शाखाका सभापति शम्भु राउतको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन शाखाका सचिव जीवन के सी ले गर्नुभएको थियो । शाखाका उपसभापति भवानी अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियो । कोषाध्यक्ष तारा पौडेलले आर्थिक प्रतिवेदन र शाखा सचिव जीवन के सीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।