रत्ननगर, बैशाख २१ –
चितवनको रत्ननगरमा नेकपा एमालेले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । निर्वाचन नजिकिदै गर्दा सो पार्टीका उम्मेदवार भोट माग्न जनताको घरदैलोमा पुगेका छन् ।
बुधबार एमालेबाट मेयर पदकी उमेदवार विमला दुवाडी, उपमेयर पदका उमेदवार यादवप्रसाद पाठक र वडाध्यक्ष तथा वडासदस्य पदका उमेदवारहरुले वडा नं २, ३ र १५ मा मत माग्दै घरदैलो गर्नुभएको हो । रत्ननगर २ का वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद डोटेल, वडा सदस्य पदका उम्मेदवारहरु कलिम मियाँ अन्सारी, प्रशिद्ध अधिकारी, मिठू गौतम, लक्ष्मी हितांगले घरदैलो गरी भोट माग्नुभएको हो । वडा न १३ का वडा अध्यक्ष पदका उम्मेदवार सुवास घिमिरे, सदस्यहरु अशोक दराई, अजित चौरेल, बेलकुमारी श्रेष्ठ, रेश्मा मिजार लगायत कार्यकर्ताहरु उम्मेदवारका घर–घर बस्ती बस्तीमा पुगेर मतदातासँग भोट माग्नुभएको छ ।
वडा नं १५ मा वडाध्यक्ष पदका उम्मेदवार आशिक तामाङ लगायत वडा सदस्य पदका उमेदवारहरुले पनि चुनावी अभियान अन्तर्गत घरदैलोमा हुनुहुन्छ । घरदैलोमा नेकपा एमालेका केन्द्रीय स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारी, नेकपा एमालेकी प्रदेश कमिटी सदस्य मीना गिरी, एमाले जिल्ला कार्यसमिति सदस्य राजाराम रेग्मी, प्रेमनाथ दुवाडी, प्रताप डल्लाकोटी, शंकर गिरी, गोविन्द भट्टराई, नेकपा एमाले रत्ननगर नगर कमिटी अध्यक्ष ईश्वरी अर्याल, उपाध्यक्ष पुष्प जोशी, सचिव शिव सुवेदी लगायत नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ ।
यसैबीच, नेकपा एमाले रत्ननगर वडा नं. १३ ले पनि घरदैलालाई तीव्रता दिएको छ । घरदैलोमा मेयर पदका उम्मेदवार विमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव पाठक, वडा न १३ का वडाध्यक्ष पदका उम्मेदवार सुवास घिमिरे, सदस्यहरु अशोक दराई, अजित चौरेल, बेलकुमारी श्रेष्ठ, रेश्मा मिजार लगायत कार्यकर्ताहरु उम्मेदवारका घर–घर बस्ती बस्तीमा पुगेर मतदातासँग भोट माग्नुभएको छ ।
घरदैलोमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारी, नेकपा एमालेकी प्रदेश समिति सदस्य मीना गिरी, एमाले जिल्ला कार्यसमिति सदस्य राजाराम रेग्मी, प्रेमनाथ दुवाडी, प्रताप डल्लाकोटी, शंकर गिरी, गोविन्द भट्टराई, नेकपा एमाले रत्ननगर नगर कमिटी अध्यक्ष ईश्वरी अर्याल, उपाध्यक्ष पुष्प जोशी, सचिव शिव सुवेदी लगाएत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।