चितवन, भदौ २६ –
चितवनमा रहेका विराज पेन्ट्स प्रालिले राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीलाई क्रिकेट ब्याट, किट उपहार स्वरुप दिने भएको छ ।
आज विराज पेन्ट्सले उक्त उपहार दिनेबारे घोषणा गरको विराज पेन्ट्सका सञ्चालक राजु ढुंगानाले जानकारी दिए ।
भारतीय व्यवसायीले नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने एसिया कप खेलेर फर्किएका नेपाली टोलीका खेलाडी ललित राजवंशीले आफूसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गतिलो ब्याट्समेत नरहेको बताएपछि यसप्रति सबैले चासो दिएका छन् । उनको सोही भनाइलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो ट्वीटर अकाउन्टमार्फत पनि सेयर गरेको थियो ।
ललितले त्यस्तो बताएपछि विराज पेन्ट्सले सहयोग गर्ने बताएको हो । यस अघि भारतीय चर्चित व्यवसायी अनुपम मित्तलले पनि ललितका लागि ब्याट् उपहार दिने बताइसकेका छन् ।
















