काठमाडौं, भदौ २५
एसिया कप क्रिकेटमा वर्षाले रोकिएको भारत र पाकिस्तानबीचको खेल सुरू भएको छ।
मुसलधारे वर्षा रोकिएसँगै खेल सुरू भएको हो। सुपर फोरको आइतबारको खेलमा भारतले टस हारेर ब्याटिङ गरिरहँदा २४ दशमलब १ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएपछि पानी परेर खेल रोकिएको थियो।
आइतबार हुन नसकेको खेल आज रिजर्भ डे मा खेलाउन लागिएको हो। आज पनि पानी परेपछि खेल ढिलोगरी नेपाली समय अनुसार ४;५५ बजे० सुरू भएको हो।