भरतपुर । आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भएका व्यवसायी प्रदीप रुङ्गटा छुटेका छन् । उच्च अदालत हेटौंडाको भदौ २१ गतेको आदेश बमोजिम ५ लाख ५० हजार रुषैयाँ धरौटी वुझाएर उनी आइतबार थुनामुक्त भएका हुन् ।
साउन १८ गते चितवन जिल्ला अदालतका न्यायधीश डिल्लीराम शर्मा अर्यालको इजलास आदेशले रुङटालाई पूर्पक्षका लागि थुनामा राख्ने भनिएको थियो । आदेश भएको दिनदेखि उनी अस्पतालमा छन् । आइतबार धरौट वुझाएपछि उनी थुनामुक्त भएको जिल्ला कारागार भरतपुरले जनाएको छ ।
व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुङ्गटालाई पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो । घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा अदालतको आदेशपछि एक दिन पनि जेल गएनन् । चितवनको आदेश चित्त नबुझी उच्च अदालत गएका प्रदीप रूङ्टाको निवेदनमा उच्च अदालतले पाँच लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश सुनाएको छ ।