चितवन, भदौ २२ –
आत्महत्या दुरुत्साहन मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका व्यवसायी प्रदीप रुङ्गटाले अस्प्तालको सुविधा सम्पन्न क्याबिनमा बसेर दिन बिताएका छन् । कारागार बस्नुपर्नै रुंगाटा एक दिन पनि बस्न मानेन् ।
कारागार बस्नुपर्ने मान्छे उनी बिरामी भएको भन्दै चितवन मेडिकल कलेजको सुविधा सम्पन्न क्याबिनमा महिना दिन भन्दा बढी बिताए ।
व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुङ्गटालाई पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो ।
बिरामी भएको बहानामा अस्पताल भर्ना भएका उनी अहिले पनि चितवन मेडिकल कलेजमै उपचाररत छन् । जिल्ला अदालतको आदेशपछि रुङ्गटा पक्ष धरौटीमा छाड्न माग गर्दै उच्च अदालत हेटौंडा गएका थिए ।
उच्च अदालतले पाँच लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश सुनाएको छ । उच्च अदालतका न्यायाधिस राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले भदौ २१ गते रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए ।
अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफुलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए ।