चितवन, भदौ १८
इनरव्हील क्लब अफ नारायणीको आयोजनामा आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन भएको छ ।
प्रेसिडेन्ट पबित्रा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संयोजक तथा प्रायोजक आई. एस. ओ. दिपा पुरीले गरेकी थिइन् ।
कार्यक्रमको उद्घाटन यसै विद्यालयका आधारभूत तह प्रमुख बाबुराम खत्रीले गरेका थिए । र प्लस टु तर्फका संयोजक सन्जय पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।
यस कार्यक्रममा क्लबको उपाध्यक्ष, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, सम्पादक, सदस्य र विद्यार्थीहरुको उपस्थित रहेको थियो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार