Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, मंसिर २२, २०८२
☰
Logo सोमबार, मंसिर २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ६. हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ७. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ८. चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

  • ९. विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

  • १०. मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

भरतपुरमा पाँचदलीय गठबन्धनको प्रतिवद्धतापत्र सार्वजनिक : निर्वाचनलाई महोत्सवको रुपमा ग्रहण गर्न अनुरोध (पत्रसहित)

भरतपुर २० बैशाख –
सत्ता साझेदार लोकतान्त्रिक–बाम गठबन्धन दलहरुले भरतपुर महानगरपालिकाको आगामी कार्यकालका लागि बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि सम्युक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धन, भरतपुर महानगरपालिका समितिको नामबाट मंगलबार भरतपुरमा एक विशेष कार्यक्रम गरि उक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको उक्त प्रतिवद्धतापत्रमा गठबन्धनको आवस्यकता र औचित्य, वितेको पाँच वर्षमा भरतपुर महानगरले गरेका कामको अभिलेखिकरण र आगामी कार्ययोजनाबारेमा प्रष्ट पारिएको छ । वितेको पाँच वर्षका उपलब्धी र आगामी कर्याकालको मूलबाटो बारेमा केन्द्रीय उक्त प्रतिवद्धता पत्रमा राजनीति र विकास लाई समेटिएको छ । रानीतिक र नीतिगत संकल्पसहितको उक्त प्रतिवद्धतापत्रमा राजनीतिक सहमति, सहकार्य, समन्वय र समझदारीको आधारलाई समेटेर अगाडिको लक्ष निर्धारण गर्ने, पक्ष–प्रतिपक्षको व्यवहार नहुने विकास र समृद्धिमा सबैसंग हातेमालो गरिने उल्लेख छ । प्रतिवद्धतापत्रमा लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि आवधिक निर्वाचनको महत्वको बारेमा उल्लेख छ । निर्वाचनलाई महोत्सवको रुपमा मनाउन आम महानगरवासीमा अनुरोध गरिएको छ ।

प्रतिवद्धतापत्रमा महानगरले वितेको पाँच वर्षमा सडक स्तर उन्नती गरेको विषय उल्लेख छन् । पाँच वर्षका अवधिमा ६२२ किलोमिटर कालोपत्रे, महानगरिय चक्रपथ, लिंक रोड, वाइपास रोडको स्तर उन्नती, नारायणगढ गोन्द्राङ व्यूटिफिकेशन सहित छ लेन सडक निर्माण, भरतपुर मेघौली, चौविसकोठी गीतानगर जगतपुर सडकको स्तर उन्नतीको बारेमा उल्लेख छ । त्यस्तै गरि नारायणी तटबन्धनको लागि बजेट व्यवस्था, सिटीहल, लायन्सचोकमा बहुउद्धेश्यीय व्यवसायिक भवन निर्माणको थालनी, देवघाटमा आधुनिक दाहसंस्कार स्थल निर्माण, स्मार्ट सडक बत्ती परियोजना, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, प्रस्तावित भरतपुर विमानस्थल विस्तार, कोरिया सरकारको सहकार्यमा फोहर व्यवस्थापन, पर्यटकीय सम्भावना क्षेत्रको खोजी, नारायणी नदी किनारलाई समुन्द्री किनार जस्तै विकास गर्नेलगायतका विभिन्न परियोजनाको विषयलाई जोडेर केही काम सम्पन्न हुने अवस्थामा रहेका केही शुरु भएका र केही शुुरु हुने तयारीमा रहेको उल्लेख गरिएको छ ।

प्रतिवद्धतामा महिलासँग जोडिएका विषयहरुलाई जरै देखि उठान गरिएको छ र नारामै महिला संग जोडिएको हाम्रो वाचा : सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी भनेर उल्लेख गरिएको छ । महानगरले भूमिहीनहरुको पक्षमा गर्दै आएका काम र हाल सम्मको उपलब्धीका बारेमा उल्लेख गरिएको उक्त प्रतिवद्धतापत्रमा भूमिहीनसँग हाम्रो संकल्प : हरेकको आफ्नै घर हुनेछ, सबैको साझा शहर भन्ने नारानै बनाइएको छ ।

महानगरको विकासमा वितेको पाँच वर्ष के कस्ता कामहरु भए, के काम पुरा गर्न बाँकी छन् ? प्रतिवद्धतापत्रमा त्यसको फेरहिस्ते बर्णन मात्र गरिएका छैनन् । व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनमा तात्विक परिवर्तन हुन नसकेको यथार्थ चित्रण गर्दै जनमतको कदर र सुशासनको प्रत्याभूतिका लागि अठोट गरिएको छ । प्रतिवद्धतापत्रमा सहमति र सहकार्यको संस्कृति विकास आफुहरुको लक्ष्य रहेको उल्लेख छ ।

कृषि क्षेत्रमा वितेको पाँच वर्षमा के उपलब्धीहरु भए ? महानगरले कृषक संग जोडिएर गरेका काम समेत लाई समेटेर महानगरको समृद्धि संग कृषिलाई जोड्ने विषयमा कृषिमा व्यवसायिककरण, औद्योगिकीकरण, विविधिकरण र आधुनिकीकरणलाई प्रोत्साहनको लागि विशेष जोड दिने प्रतिवद्धतापत्रमा उल्लेख छ । कृषिको विशिष्टिकरणसंगै प्रतिवद्धता पत्रमा कृषकसँग हाम्रो प्रतिवद्धता : किसान पेन्सन, बिऊ देखि ढुवानीसम्म अनुदान, उद्यमीसँग हाम्रो वाचा : ‘मेड इन भरतपुर’ को ब्रान्डिङ र बजारीकरण, एक वडा, एक उत्पादन, एक उद्यम भन्ने संकल्प गरिएको छ ।

जेष्ठ नागरिकमा निहीत सीप, ज्ञान, कौसलता र अनुभव शेयर गर्ने विषय संगै ज्येष्ठ नागरिकसँग हाम्रो संकल्प : घरमै स्वास्थ्यसेवा, विशेष भत्ता र विशेष संरक्षण भन्ने नारा प्रतिवद्धतापत्रमा समेटिएको छ ।

महानगरको समृद्धि संग जोडिएको दक्ष जनशक्ति, पर्यटन कृषि र औद्योगिकीकरणलाई मध्यनजर गर्दै प्रतिवद्धतापत्रमा व्यवसायीसँग हाम्रो अठोट : देशमै सबैभन्दा राम्रो, व्यावसायिक वातावरण भन्ने नारा समेत समेटिएको छ । प्रतिवद्धतापत्रमा उपलब्ध स्रोतसाधनको अधिकतम अधिकतम परिचालन, प्राकृति संरक्षणमा जोड दिंदै प्राकृतिक स्रोत साधनको उपभोग, सार्वजनिक नीजि र सहकारी क्षेत्रको सहभागीतालाई प्राथमिकतामा राखिएको छ ।

स्वास्थ्य क्षेत्रमा हरेक वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवादको नारा प्रतिवद्धता पत्रमा छ । विद्यार्थीसँग हाम्रो वाचा : निःशुल्क इन्टरनेट, गुणस्तरीय शिक्षाको ग्यारेन्टी प्रतिवद्धतामा गरिएको छ । युवालाई रोजगारीमा जोडने सहरलाई वेरोजगारमुक्त बनाउने प्रतिवद्धता उक्त संकल्पमा गरिएको छ । र नारानै तय गरिएको छ युवाहरुसँग हाम्रो प्रतिवद्धता : रोजगारी र स्वउद्यमको प्रत्याभूति ।

देश विदेशका भागिनी सम्मबन्धको विकास, फोहर व्यवस्थापन, आयातित उर्जाको खपत क मगर्न विद्युतीय चुल्हो अनुदान, सञ्चार माध्यम र पत्रकारहरुको लागि विशेष कार्यक्रम प्रतिवद्धता पत्रमा उल्लेख गरिएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा –एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहित पाँच दलको गठबन्धन रहेको उक्त साझा प्रतिवद्धता पत्रको अन्त्यमा लेखिएको छ । ‘जनादेश कुल्चिनेलाई खबरदारी, लोकतन्त्रका रक्षकलाई जिम्मेवारी भरतपुरको विकासका लागि गठबन्धनको छैन विकल्प एसियाकै नमुना महानगर हाम्रो साझा संकल्प ।’

सोही कार्यक्रममा सत्तागठबन्धनमा रहेका पाँच दलको तर्फबाट चितवनको समग्र घोषणापत्र पनि जारी गरिएको थियो । उक्त घोषणापत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथि रहेको उपसभापति शालिग्राम पौडेलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाको घोषणापत्र पौडेल आफैले बाचन गरेका थिए ।

प्रतिवद्धतापत्रको पूर्ण पाठ :

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह
क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग
कर्णालीले जनकपुरलाई ३ रनले हरायो

ताजा समाचार

सबै

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग

कर्णालीले जनकपुरलाई ३ रनले हरायो

निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

सिंहदरबार अवलोकन गर्न जाँदै पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग पनि भेट्दै

मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

२५ हजार शुल्क सहित रास्वपाले प्रतिनिधिसभा उम्मेदवारका लागि खुलायो आवेदन

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ६.
    हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech