• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
मङ्गलबार, भदौ १७, २०८२
☰
मङ्गलबार, भदौ १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ६. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ७. चितवनबाट दिदीबहिनी बेपत्ता

  • ८. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ९. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • १०. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

पाेखराका सुकुम्बासीकाे पीडा: सधैं भोट बैंक, समस्या ज्यूँका त्यूँ

पोखरा, २० वैशाख-

४५ वर्षअघि गाउँ नै सखाप हुनेगरी पहिरो झरेपछि उठिबास भएको कास्की भाचोकका २३२ परिवारमध्ये धेरैजसो पोखराको छिनेडाँडामा बसिरहेका छन् । केहीलाई कैलालीमा स्थानान्तरण गरिएको छ ।

छिनेडाँडामा राज्यले नै उनीहरुलाई प्रति परिवार आठ रोपनीका दरले जग्गा दिएर राखे पनि अहिलेसम्म लालपुर्जा पाएका छैनन् । उनीहरुलाई प्रति परिवार घडेरीका लागि करिब १२ आना र कृषि प्रयोजनका लागि सात रोपनी चार आना जग्गा दिइएको हो । तर सरकारले दिएको जग्गासमेत नजिकका टाठाबाठाले आफ्नो नाममा पारेका छन् ।

त्यति मात्रै होइन, पोखराको पृथ्वीचोकमा निर्माण गर्ने भनिएको बसपार्क क्षेत्रमा अहिले सुकुम्बासी भरिएका छन् । कसैलाई सरकारले नै विभिन्न ठाउँबाट ल्याएर त्यहाँ राखेको छ भने अधिकांश आफैं आएर बसेकाहरु छन् । सुकुम्बासीका कारण बसपार्क निर्माण हुन सकेको छैन । कहिलेकाहीँ बसपार्क बनाउने होहल्ला सुनेपछि त्यहाँका सुकुम्बासीलाई टाउको दुख्छ । उनीहरू राजनीतिक दलका नेताहरू भेट्नेदेखि आन्दोलनसमेत गर्न थाल्छन् । राज्यले उनीहरुलाई उपयुक्त विकल्प दिन नसक्दा बसपार्क नबनेको हो । बसपार्कमा बस्दै आएकी रूपा केसी नेताहरूसँग राजनीतिक सम्बन्ध मात्रै भएकाले आफ्ना समस्या समाधान हुन नसकेको बताइन् ।

‘नेताहरूको झोला बोकेर हिँड्ने, को राम्रो हो नचिन्ने । चुनावको बेला लालपुर्जा खाँचो छ भन्छन्, त्यसपछि जनप्रतिनिधि पनि चिन्न गाह्रो हुन्छ,’ उनले भनिन्, ‘अहिले पनि हामीले जित्यौं भने कसैले तिरो तिर्ने बनाउँछौं, कसैले लालपुर्जा दिलाउँछौं भनेर प्रतिबद्धता जनाएका छन् । उनीहरूले कार्ड टाँसेर गएका छन् ।’ उनले बसपार्कमा आफूहरूको अवरोध नभएको भन्दै सुकुम्बासी समस्या समाधान गर्न र बसपार्क बनाउन राज्यले नै नचाहेको बताइन् । ‘बसपार्क बनाउन हाम्रो दायित्व हो । सरकारलाई सहयोग गर्छौं,’ उनी भन्छन्, ‘तर वास्तै गरेनन् । न वडाले चासो दियो, न महानगरले देखायो । सुकुम्बासीको समस्या समाधान गरेपछि अर्को पल्टबाट भोट पाईंदैन भन्छन्, हाम्रा समस्या जस्ताको त्यस्तै हुन्छ ।’

मजुवाका ऐलानी जग्गामा बस्दै आएका ५० परिवारसँग लालपुर्जा छैन । दैनिकजसो त्यहाँ सुकुम्बासीहरू बढ्ने क्रममा छन् । लालपुर्जा नहुँदा स्वास्थ्य सेवा, बिजुली, पानी र सडक पनि पुगेको छैन । सरकारले लालपुर्जामा बनेको घरलाई मात्रै पानी बत्तीको सिफारिस दिन्छ । अधिकांश सुकुम्बासी बस्तीमा चोरीको बिजुली बाल्नुपर्ने बाध्यता छ । तर पोखरा महानगरपालिका– ९ ले भने सुकुम्बासी बस्ती नै भए पनि पानी बत्तीको सिफारिस रोकेको छैन । ‘यो नैसर्गिक अधिकार हो । पानी बत्ती रोक्न मिल्दैन, मानवीय विषय हुन्,’ उनले भने, ‘अन्त सबैले लालपुर्जा र नक्सा पास खोज्छन् । लालपुर्जा नभएकोले पानी नपिए हुन्छ र ? त्यो त अमानवीय कुरा भयो नि ।’

पोखराका भूमिहीन सुकुम्बासीहरुले अब लालपुर्जा दिन तमसुक नगर्ने नेताहरूलाई भोट नदिने अभियान सुरु गरेका छन् । चुनावका बेला सबैभन्दा धेरै भोटको खरिदबिक्री हुने क्षेत्रको रूपमा सुकुम्बासी बस्तीलाई आरोप लाग्छ । उनीहरू त्यो स्वीकार्छन् पनि । तर अब भने पैसा र खानामा आफूहरूले भोट नहाल्ने सुकुम्बासीहरूको अडान छ । उनीहरूले जग्गा दिलाईदिने पार्टीलाई मात्रै भोट हाल्ने र त्यो बाचा पूरा गर्नैपर्ने गरी अभियान चलाएका छन् । यसपालि पोखरामा उम्मेद्वारी दिएकासँग तमसुक गर्ने र जितेपछि तमसुकअनुसार काम नगरे कानुनी उपचार खोज्ने गरी अभियानको थालनी भएको हो । त्यसका लागि सुकुम्बासी आफैले तमसुकको पत्र बनाएका छन् । टोलमा भोट माग्न आउने उम्मेद्वारसँग उनीहरूले तमसुक गराउँछन् र त्यसकै आधारमा आफूलाई मन पर्ने उम्मेद्वारलाई भोट दिने बताएका छन् ।

जिल्ला सुकुम्बासी संघका अध्यक्ष खड्कबहादुर विक अब तमसुक नभर्ने नेतालाई भोट नदिने बताउँछन् । ‘जहिले पनि चुनाव आएपछि राजनीतिक दलका व्यक्तिले भोट, पैसा र मासु–रक्सीमा मात्रै खेलवाड गरेका छन् । बीसौं वर्षदेखि बाबु, बाजे, छोरानातीलाई पनि सुकुम्बासी बनाएर पछाडि पारेका छन् । अब पहिले लालपुर्जा, अनि भोट हो,’ उनले भने, ‘यसपालि तमसुक गराउन थालेका छौं । चुनाव जितेर गएपछि पहिलो काम सुकुम्बासी समाधानका लागि गर्नुपर्छ ।’

त्यसो त राज्यले पनि सुकुम्बासी समस्या समाधानका लागि धेरैपटक आयोग निर्माण गरेको छ । आयोगले अहिले जिल्लाभरिका सुकुम्बासीको तथ्यांक संकलन गरिरहेको छ । एउटा आयोगले काम आधाआधी सकेपछि सरकार फेरिन्छ । सरकारसँगै आयोगका पदाधिकारी फेरिन्छन् । जिल्लामा आधा गरिएको काम फेरि भत्किन्छ र नयाँ आयोगले फेरि तथ्यांक बटुल्न थाल्छ । यसैगरी लामो समय वितिसकेको छ ।

अहिले बनेको आयोगले केही काम अघि बढाए पनि हाल निर्वाचन आचारसंहिताका कारण रोकिएको कास्की संयोजक गंगा पोखरेलले बताए । ‘केहीले फारम भरेका छन् । केही बाँकी छ । आन्तरिक काम भइरहेको छ । चुनावलाई प्रभावित हुने काम तत्कालका लागि रोकिएको छ,’ उनी भन्छन्, ‘केन्द्रीय आयोगसँग समन्वय गरेर पुनः सूचना निकाल्छौं । बाँकी रहेकोलाई निस्सा दिएर, आयोग नाप्न जान्छ ।’
पोखरामा ४० हजारभन्दा बढी सुकुम्बासी रहेको उनीहरूकै दाबी छ । यद्यपि यसबारे स्पष्ट अध्ययन भएको छैन । तथ्यांकको खोजी गरिएको पनि छैन । सरकारी आकलनअनुसार करिब ३० हजार हाराहारीमा सुकुम्बासी छन् । उनीहरूले सुरु गरेको ‘पहिले लालपुर्जा, पछि भोट’ अभियानमा उम्मेद्वार पनि समर्थन गर्छन् ।

गठबन्धन दलका मेयरका उम्मेद्वार धनराज आचार्यले उनीहरूको नैसर्गिक अधिकारका कुरामा आफूहरु सकारात्मक रहेको र त्यो पूरा गरिछाड्ने बताए । ‘राज्यले ब्यवस्था गर्ने न्यूनतम कुरा हो । उनीहरूको इस्युसँग विमति राख्नुपर्ने छैन । कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ,’ आचार्यले भने, ‘त्यस्ता बस्ती उपयुक्त ठाउँमा सुरक्षित आवास बनाएर स्थानान्तरण गर्नुपर्छ । आवश्यक रोजगारी, शिक्षा र स्वास्थ्यलगायत पूर्वाधार बनाएर त्यहाँ राख्नुपर्छ । यो ज्वलन्त समस्या हो, समाधान गर्नैपर्छ ।’

एमाले उम्मेद्वार कृष्ण थापा पनि सुकुम्बासी समस्या सहरका लागि चिन्ताको विषय भएको बताउँछन् । उनले यसअघि पनि केही काम भइसकेको र अब बाँकी काम आफूहरूले पूरा गर्ने बताए । ‘केही काम अघि बढिसकेको छ । यो धेरै रोक्नुपर्ने अब छैन,’ उनले भने, ‘सुकुम्बासी भने पनि नेपाली नागरिक हुन् । उनीहरूलाई मानवीय व्यवहार महानगरले गर्नुपर्छ । हामी त्यसका लागि तयार छौं । आफूहरुरूलाई राजनीतिक दलको ‘भोट बैंक’ रूपमा मात्र प्रयोग गरेका कारण सर्त अघि सारेर उम्मेद्वारलाइ नै चुनौती दिएका छन् ।

घरदैलोमा आउने सबै पार्टीका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यलाई सर्तमा हस्ताक्षर गराउने योजना उनीहरूको छ । कास्की जिल्लामा दुई लाख ८१ हजार आठ सय ३३ मतदाता छन् । तीमध्ये ५७ हजार हजार २२ नयाँ मतदाता हुन् । पोखरा महानगरमा मात्र दुई लाख सात हजार सात सय १२ मतदाता छन् । जसमध्ये पोखरा महानगरभर करिब ३५ हजार सुकुम्बासी मतदाता रहेको संघको अनुमान छ । पोखरा महानगरको सबैजसो वडामा सुकुम्बासी टोल छ । सबैले लालपुर्जा दिनुपर्ने प्रमुख माग अघि सारेका छन् ।- न्युज कारखाना

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
सिरहामा आमा र छोरा मृत फेला
शुभ पेट्रोल्याण्डको सुरक्षा व्यवस्थापन अब डेल्टा फोर सेक्युरिटी एण्ड ट्रेनिङ सर्भिसको जिम्मामा

ताजा समाचार

सबै

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

सिरहामा आमा र छोरा मृत फेला

शुभ पेट्रोल्याण्डको सुरक्षा व्यवस्थापन अब डेल्टा फोर सेक्युरिटी एण्ड ट्रेनिङ सर्भिसको जिम्मामा

तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने निर्णय राष्ट्रिय सभामा उल्टियो

बाढीमा बगेर दुई युवकको मृत्यु

लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए

चितवनका शुलभ फूलखेतीबाट आत्मनिर्भर बन्दै

प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

निजामती विधेयक विधायन समितिबाट पास

राति पनि होटल खोल्न पाउनुपर्ने तुलसीपुरका होटल व्यवसायीको माग

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता

कर्णाली राजमार्ग अवरुद्धः स्याउ बाटोमै कुहिने चिन्ता

आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक

दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

महाकाली नदीको कटानले बस्ती जोखिममा

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ६.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.