चितवन, १० भदौ
चितवनको भरतपुर स्थित सिजि ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले कालिका नगरपालिका ९ स्थित चतुर्मुखी माध्यमिक विद्यालयमा निशुल्क कपाल काट्ने अभियान सम्पन्न गरेको छ । युवाहरुलाई निशुल्क तालिम दिँदै आएको सैलुनले आज करिब ४०० जना विद्यार्थीहरुको कपाल काटेको हो ।
विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर गुरुङका अनुसार यस विद्यालयमा चेपाङ समुदायका विद्यार्थी र आर्थिक अवस्था न्युन भएका विद्यार्थीहरु अध्ययन गर्ने हुनाले बाहिर पैसा तिरेर कपाल काट्न नसक्ने बताए । यस अभियानबाट गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभ लिएको समेत बताए ।
पपुलर युनिसेक्स सैलुनका संचालक सुलभ सिग्देलले आफ्नो व्यक्तिगत खर्चमा ३० जना युवायुवतीहरुलाई निशुल्क तालिम दिँदै विभिन्न विद्यालयहरुमा निशुल्क कपाल काट्दै आइरहेका छन् । लामो समय विदेश बसेर फर्किएका सिग्देल गरिब तथा विपन्न युवायुवतीलाई छनोट गरि निशुल्क तालिम दिँदै आएका हुन् । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निशुल्क कपाल काट्ने अभियान लिएर सिग्देल जिल्लाको बिकट बिकट ठाउँमा पुगि कपाल काट्ने गरेका छन् । आफ्नो व्यापार व्यवसाय सम्हालेर बसेका सिग्देल पछिल्लो समय समाजसेवामा व्यस्त छन् ।