चितवन,०८ भदौ
नेकपा एस निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) द्वारा आयोजित दोस्रो आनन्द गुरुङ अन्तर कलेज स्मृति कप २०८० को उपाधि आईएसएमटी कलेजले उचालेको छ ।
विहिबार वीरेन्द्र क्याम्पसको प्राङ्गणमा सम्पन्न अन्तिम खेलमा भरतपुरको आईएसएमटी कलेजले गैंडाकोटको अक्सफोर्ड कलेजलाई १-० ले पराजित गरेको हो ।
प्रतियोगीता जितेको आईएसएमटी कलेजले नगद रु. ४०,००० सहित मेडल र ट्रफि प्राप्त गरेको छ । त्यसैगरी अक्सफोर्ड कलेजले रु. २०,००० नगद र मेडल प्राप्त गरेको छ ।
३२ टोली सहभागि रहेको खेल भदौ ३ बाट सुरु भएको थियो । खेलमा रेफ्रीको भुमिकामा सन्दिप अधिकारी र सुरज गुरुङ रहेका थिए ।
यो प्रतियोगिता आगामी बर्षमा पनि संचालन गरिने अनेरास्ववियू चितवनका अध्यक्ष सुजन ढकालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार