चितवन, ०८
बिहीवार राति ८ बजेको समयमा नारायणीको नदिमा हाम फालेकि एक महिला बेपत्ता भएकि छन् ।
पश्चिम नवलपरासी सरावल गाउँपालिका -१ सालबास बस्ने २२ वर्षीय गंगाकुमारी फौजदारी (थारु) ले हाम फालेकि हुन् । उनि अविवाहित रहेको परिवारले बताएको छ।
हाम फाल्नुको कारण भने खुल्न भने सकेको छैन । सो महिलाले नारायणी पुलमा झोला र मोबाइल छाडेर हाम फालेको प्रहरीले जानकारी दिएको छ ।
ति महिलाको परिवार हिजै राति सम्पर्कमा आएको हो । खोजि कार्य हिजै राति देखि भए पनि नदिमा बाढि आएकोले खोजि गर्न कठिनाई भएको छ ।