चितवन, भदौ ६
आकारुई एजुकेशनको नयाँ शाखा पूर्वि चितवनको पर्सामा खुलेको छ । आज बिहीबार इक्यान नेपालका केन्द्रीय सदस्य मञ्जित ढकालले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै ढकालले विगत १२ वर्षदेखि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाइरहेको आकारुई जापानका लागि विश्वासिलो संस्थाका रुपमा स्थापित भइसकेको बताए ।
इक्यान चितवनका निवर्तमान अध्यक्ष हिम्मत पुरीले आकारुई जापानको ब्राण्डको रुपमा स्थापित भइसकेको बताए ।
आकारुईका प्रबन्ध निर्देशक प्रज्वल पौडेलले १२ औं शाखाको रुपमा नयाँ शाखा पर्सामा खोलिएको जानकारी गराए । उनले आकारुई अझ नयाँ जोश र जाँगरका साथ अघि बढी विद्यार्थीहरुको मन जित्न थप सफल हुने विश्वास व्यक्त गरे ।