चितवन, साउन ३० –
कंगारु एजुकेशन फाउन्डेसन चितवनले रोड शो कार्यक्रम सम्पन्न गरेको छ । आज आइतबार सिजी ल्याण्डमार्कमा रहेको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
रोड शो कार्यक्रममा उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको उपस्थिति रहेको थियो । विदेशका युनिभर्सिटी तथा कलेजका बारेमा फास्ट ह्याण्ड इन्फरमेशन सम्बन्धित देशका प्रतिनिधिमार्फत सिधै प्रदान गरिएको हो ।
कंगारु चितवनका सञ्चालक अनुप गौतमका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी तथा अभिभावकलाई विदेशस्थित कलेज तथा युनिभर्सिटीसम्म सिधा पहुँच पुर्याउनु हो । कलेज तथा युनिभर्सिटीका बारेमा सिधा जानकारी विद्यार्थीले पाएका छन् । त्यसैगरी कलेजमा अध्यापन हुने विषय, फि स्टक्चर, स्कलरसिप, शैक्षिक गुणस्तर लगातयका बारेमा जानकारी दिनुका साथै भिजा प्रक्रियाका बारेमा पनि परामर्श दिइएको थियो ।
साउन २९ मा काठमाडौंबाट शुरु भएको कार्यक्रम साउन ३० मा विर्तामोड, साउन ३१ मा इटहरी, भदौ १ मा चितवनमा सम्पन्न भएको छ भने भदौ ३ मा बुटवल र भदौ ५ मा पोखरामा हुँदै छ ।
कंगारुले अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए र क्यानडा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श तथा भिसा एप्लाई गर्ने गरेको छ ।