चितवन, ३२ साउन
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० सालमा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा सहित जिल्ला प्रथम र जिल्ला तृतीय (District First) हुन सफल गुरुकुल कलेजले विद्यार्थीहरूलाई आज सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
चितवनको पहिलो +२ कलेज गुरुकुलले आफ्नो स्थापनादेखि नै उत्कृष्ट नतिजासहित उत्कृष्ट स्थान सुरक्षित गर्दै आइरहेको छ ।
सो अवसरमा जिल्ला प्रथम हुन सफल समीर शर्मा पौडेल र जिल्ला तृतीय हुन सफल रसिम सुनारले उत्कृष्ट शिक्षण विधि, विद्यार्थी मैत्री वातावरण र नियमित रुपमा सञ्चालन हुने MCQ एवम् pre Medical, Pre Engineering कक्षाहरूको कारण यो स्थान हासिल गर्न सफल भएको र आगामी दिनमा पनि गुरुकुलको नाम उच्च राख्न यसै गरी मिहिनेत जारी राख्ने कुरा व्यक्त गरे ।