चितवन, साउन ३२
गैंडाकोटस्थित अक्सफोर्ड कलेज एण्ड म्यानेजमेन्टले हिजो भएको दुर्घटना प्रति मर्माहित भएको जनाएको छ । कलेजले हिजो एक बिज्ञप्ति जारि गर्दै घाइतेहरुको सम्पूर्ण उपाचारको जिम्मा लिने समेत बताएको छ।
हिजो दिउँसो करिब ११ः४० बजेको समयमा रत्नननगरतर्फ जाँद गरेको कलेजको ना १ क ६१३१ नम्बरको बसले टिकौली जंगलमा लास बोकेको बलेरो, मोटरसाइकल र स्कुटरहरुलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए । उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कलेजले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको उपचारको लागि प्रतिबद्ध छौँ भनि बिज्ञप्तिमा उल्लेख गरेको छ।