चितवन, साउन ३१-
मंगलबार राती नारायणी नदीमा एक पुरुष बेपत्ता भएका छन्।
राति ८:३० बजेको समयमा एक पुरुषले पुलबाट हामफालेको एक महिलाले प्रहरीलाई बताएकी थिइन् ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक गोपाल पौडेलका अनुसार पुलमा सिसि क्यामेरा नभएकोले पहिचान गर्न समस्या भएको जानकारी दिए ।उनले भने, ‘ ति महिलाले बताएपछि हामीले राती नै नदीको छेउछाउ खोज्यौ कतै केहि भेटिएन’, पुलमा जुत्ता, चप्पल, व्याग केहि भेटिएन ।’
आफ्नो मान्छे बेपत्ता भएको भनि प्रहरीमा निवेदन पनि नपरेको पौडेलले बताए ।
केहि दिन अघि पुलमा सिसि क्यामेरा, बत्ति ,तारजाली लगायतको बिसयमा सामाजिक अभियान्ताहरुले माग समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार