चितवन, साउन २७-
चितवनको रत्ननगरमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा ट्रकमा ठोक्किएर तीन जना घाइते भएका छन् ।
आज बिहान भरतपुरबाट हेटौडातर्फ जादै गरेको ना ७ ख ९४४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५४ प ४१५४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइलकमा सवार तीन जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक रत्ननगर– ३ बस्ने बर्ष ३० को अमृत बोहोरा, रत्ननगर–१० बस्ने वर्ष ३५ को बालकृष्ण पाण्डे र खैरहनी नगरपालिका–८ बस्ने वर्ष ३० को विकास सुवेदी रहेका छन् । बोहोरा र पाण्डेले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ । बोहोरोको अवस्था गम्भिर, पाण्डे र सुवेदीको अवस्था सामान्य छ ।
प्रहरीका अनुसार गम्भिर घाइते भएका बोहोरोको अस्पतालमा उपचार भइरहेको छ ।