काठमाडौं, २१ साउन
प्रवास नेपाली जापान(चुबु) नायोगा क्षेत्रीय समितिले उप समिति गठन कार्यक्रम सम्पन्न गरेको छ। रास्ट्रीय स्वतन्त्र पार्टी(रास्वपाको) प्रवासमा बसोबास गर्दै आएका नेपालीहरुले आज एक कार्यक्रमको आयोजना गरि उप समिति चयन गरेका हुन।
उक्त कार्यक्रममा कुल १५ जना टोलिको समिति गठन गरिएको छ।
जस अनुसार सभापतिमा प्रबन पाण्डे , उप- सभापति बन्धु लम्साल, सचिव वसन्त चापागाईं,सह सचिव ईसान पन्त,कोषाध्यक्ष अमृत सुवेदी , सह कोषाध्यक्ष कृष्ण रावत ,सदस्य प्रवक्ता सबिना पन्थी सदस्य गोबिन्द पाण्डे , केशव अधिकारी ,रोशन फुल्देल, अक्षय कुमार गौतम,सन्तोष चापागाईं,अर्पन तामाङ,प्रनिल थापा,शर्मिला सापकोटा रहेका छ्न। आफू प्रदेशमा रहे पनि देशको माया र नेपाली जनताका आशा र भरोसा कहिल्यै झुक्न नदिने कुरा समावेश गरिएको छ।
“परिवर्तनका लागि अहिलेदेखी नै हामी अग्रसर रहनुपर्ने र युवा आजका देश परिवर्तन गर्ने प्रमुख मेरुदण्ड हुन जसले गर्दा नेपालको बिकास गर्नमा पछि नपर्ने ” कुरा समेत समितिका सह सचिव हाल जापानको गिफुमा बस्दै आएका ईसान पन्तले जानकारी दिए।