श्रावण २०, चितवन
भरतपुर ४ स्थित लंकुको लक्ष्मीवैकुण्ठनाथ मन्दिरमा पुरुषोत्तम / अधिक मासका अवसरमा २०८० श्रावण २१ देखि २९ गतेसम्म पीठाधीश स्वामी जगन्नाथाचार्य महाराजको सदिच्छामा पुरुषोत्तम मास माहात्म्य ज्ञान यज्ञ हुने भएको छ।
यज्ञमा युवा विद्वान् बालव्यास पुरुषोत्तमाचार्य जीको प्रमुख वाचकत्व रहने मन्दिर संचालक समितिका उपाध्यक्ष शिवलाल सापकोटाले जानकारी दिनुभयो।
ज्ञान यज्ञमा सहभागी भई पुण्यलाभ गर्न सम्पूर्ण वैदिक सनातन धर्मानुरागीहरूमा मन्दिर संचालक समितिले अनुरोध समेत गरेको छ।