नवलपरासी, १६ साउन
नवलपरासी जिल्ला गैंडाकोट नगरपालीका –१० हर्कपुरकी एक महिला हराएकोले खोजिदिन परिवारले आग्रह गरेको छ ।
६६ वर्षीया खिन कुमारी श्रेष्ठ वि.सं २०७१ बैशाख २० गते घरबाट वाहिर बजार जान्छु भनी हिडेको र अहिलेसम्म करिव ९ वर्ष सम्म पनि परिवारको सम्पर्कमा नआएकाले खोजिदिन परिवारले सबैमा आग्रह गरेको हो ।
हल्का गहुँ गोरो रंग भएकी महिला बजार जान्छु भनि हिडेको र अहिलेसम्म पनि सम्पर्कमा नआएको उनका श्रीमान मिन बहादुर श्रष्ठले बताए ।
अहिलेसम्म परिवारको सम्पर्कमा नआएकाले खोजिदिन उनले सबैलाई आग्रह समेत गरे । हराएकी महिला देख्नुहुने जो कोहीले ९८०७५६५९२९/ ९८२३६७३७१६ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।