Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, चैत १५, २०७९
☰
बुधबार, चैत १५, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

    एसईईको परीक्षा ‘होम सेन्टर’मा गर्ने व्यवस्था मिलाउन सांसदको माग

    जनक शिक्षाका प्रबन्ध निर्देशक भन्छन्– चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुग्छ

    चितवनबाट यो बर्ष १० हजार ८ सय ८५ जना बिद्यार्थी एसईईमा सहभागी

    स्थगन भएका क्याम्पसमा चैत १२ गतेभित्रै स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन

    एसईईमा पाँच लाख १६ हजार सहभागी हुँदै, दुई हजार बढी परीक्षा केन्द्र

    चितवनका २ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन, १८ क्याम्पसमा रोकियो : चुनाव गराउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

    स्ववियु निर्वाचन तोकिएकै मितिमा नगरेको भन्दै अमर जनशक्ति बहुमुखी क्याम्पस पटिहानीमा विरोध प्रदर्शन

    स्ववियु निर्वाचन : कीर्तिपुरसहित केहीमा मतदान, अधिकांश ठूला क्याम्पसमा स्थगित

    लोकप्रिय समाचार

    • १. कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

    • २. जापानमा रहेकी भरतपुरकी आरती एक हप्तादेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

    • ३. चितवनमा विक्रमबाबा मेला सुरु

    • ४. चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

    • ५. भरतपुरमा जारी जुत्ता चप्पल मेलामा एक लाख २५ हजार बढीले गरे अवलोकन

    • ६. यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा

    • ७. ८ महिनामा ४३ करोडको काजु भित्रियो

    • ८. रत्ननगर प्रहरीद्वाराहराएका मोबाइल फोन फेला पारी धनीलाई हस्तान्तरण

    • ९. अनेरास्ववियुद्वारा अमर जनशक्ति बहुमुखी क्याम्पसका छात्रालाई प्याड वितरण

    • १०. अब चितवनबाटै बन्ने भयो लाइसेन्स, आइतबारदेखि फाराम भर्ने तयारी

    श्रमिकको गुनासो : महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

    रामपुर, वैशाख १८-
    पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उहाँ आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसक्नुभएको छ ।

    दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै आउनुभएको छ । यसरी नै उहाँले करिब तीन दशक बिताउनुभयो । श्रमिक दिवसको दिन पनि उहाँले आराम गर्ने समय पाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, “श्रमिक दिवस भनेको के हो रु हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने घरमा चुल्हो बल्दैन, अहिलेसम्म श्रमिक दिवसको दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ ।” उहाँ मजदुरी गरेवापत दैनिक रु ६०० ज्याला बुझ्नुहुन्छ । त्यसैबाट चार छोराछोरी र श्रीमतीको पालनपोषण गर्नुपर्ने बाध्यता छ ।

    सोही ठाउँकै २५ वर्षीय राजु माझी मजदुरीमै व्यस्त हुनुहुन्छ । बिहानदेखि साँझसम्म सडक कालोपत्र गर्ने काममा खट्नुहुन्छ । आइतबार परेको मजदुर दिवसबारे आफू पनि बेखबर रहेको उहाँले बताउनुभयो । “श्रम नगरी खान पुग्दैन, अर्काले कमाएर देला भन्ने आश छैन, घरमा छोराछोरी, श्रीमती पाल्नै प¥यो, आफ्नो दुःख आफैसँग छ, हामीलाई दैनिक काम गर्ने अवसर पाए भयो, भरसक आफ्नै गाउँ–ठाउँमा काम पाएमा परिवारका साथ बस्न पाइन्थ्यो”, उहाँले भन्नुभयो ।

    गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटका ३० वर्षीय टीकाराम पुनलाई घरको गारो लगाउन भ्याइनभ्याई छ । मे १ तारिख अर्थात् आज मनाइने श्रमिक दिवसबारे उहाँलाई जानकारी भए पनि यस दिवसले आफूहरूको जीवनस्तरमा कुनै फरक ल्याउन नसकेको उहाँ बताउनुहुन्छ । यसैले आज पनि काममै ब्यस्त हुनुहुन्छ उहाँ । उहाँ यस अनौपचारिक क्षेत्रमा गएको पाँच वर्षदेखि श्रम गर्दै आउनुभएको छ । उहाँको दैनिक ज्याला रु ७५० छ ।

    उहाँ भन्नुहुन्छ, “एक दिन काम छाडियो भने रु ७५० गुम्छ, ठेकेदारले घण्टा गन्ती गरेरमात्रै ज्याला दिन्छन्, श्रमिक दिवस भनेर कहिल्यै छुट दिँदैनन्, एक दिन रमाएर के गर्नु, पेट पाल्नै प¥यो ।” श्रमिक दिवस मनाइरहँदा समयानुसार श्रमिकको पारिश्रमिक वृद्धि, गाउँघरमा नै रोजगारी, विदेशिएकालाई स्वदेशमै बस्ने वातावरण मिलाइदिन सरकारसँग उहाँको अनुरोध छ ।

    रामपुर नगरपालिका–७ बहखोलाका बस्ने ४२ वर्षीय नेत्रबहादुर रानाले छ वर्षदेखि मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । दैनिक आठ घण्टा खटेर काम गरेवापत रु ७५० ज्याला पाउनुहुन्छ । रामपुर क्षेत्रमा हाल छवटा घर बनाउने जिम्मेवारी लिनुभएका रानालाई कामको व्यस्तताले श्रमिक दिवस मनाउने फुर्सद नै छैन ।

    सरकारले श्रमिक मजदुरको हकहितका लागि काम गर्छौँ भने पनि अहिलेसम्म उपलब्धि केही नदेखिएकामा उहाँ गुनासो गर्नुहुन्छ । चुनाव आएसँगै नेता, कार्यकर्ताले उहाँलाई धेरै आश्वासन पनि देखाए । तर निर्वाचन सकिएपछि भने नेता दैलोमा फर्केर नआउने प्रवृत्ति रहेकाले मजदुरका समस्या सम्बन्धित निकायमा पुग्न नसकेको उहाँ बताउनुहुन्छ । “हामीजस्ता तल्ला स्तरका श्रम गरेर जीवन धान्नेका लागि नेताले गर्ने केही होइन, सधैँ झुट्टा आश्वासनमात्रै दिन्छन्, हाम्रो माग भनेको बजारमा हरेक सामानको महङ्गी बढिरहेको छ, सोअनुसार पारिश्रमिक वृद्धि हुनुप¥यो, निरन्तर काम पाए भयो”, उहाँले भन्नुभयो ।

    निस्दी गाउँपालिका–४ मित्यालका १७ वर्षीय खुमबहादुर खाम्चा आइतबार घरको गारो लगाउने, सिमेन्ट बोक्ने काममा व्यस्त देखिनुहुन्छ । मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा उहाँलाई भने दिनभर काम गरेको ज्यालाले घरमा बिहान–साँझ खाद्यान्नको जोहो पुग्छ भन्नेतिर मात्रै ध्यान छ ।

    पारिवारिक अवस्था नाजुक हुँदा कक्षा ६ मा अध्ययन गरिरहेका उहाँ बीचमै छाडेर विभिन्न ठाउँमा घर भवन, पुल पुलेसा, सडक निर्माणलगायतका क्षेत्रमा दैनिक मजदुरी गरी बुझेको ज्यालाबाट घर धान्नुपर्ने बाध्यता छ । सरकारले श्रमिक मजदुरको हकहितका लागि उपलब्धिमूलक काम गर्न नसक्दा यसरी अनौपचारिक क्षेत्रमा काम गर्ने प्रायः सबै मजदुर असन्तुष्ट छन् । राज्यले तोकेको न्यूनतम पारिश्रमिक पनि पाउन नसकेको श्रमिकहरूको गुनासो छ । उनीहरूको गुनासो छ– उहिलेको ज्याला अहिले छ, तर महङ्गीको हिसाब गर्ने हो भने दैनिक ज्यालाले खानलाउनै पुग्दैन ।

    आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनलाई उत्सवका रूपमा मनाइने पर्व हो आज । विश्वका कैयौँ देशमा सार्वजनिक बिदा नै दिएर मजदुर दिवस मनाइन्छ । तर खास मजदुरी गर्ने वर्ग भने यो दिवसबाट नेपालमै पनि बेखबर रहने गर्दछ ।

    देशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू भने श्रममै रहन्छन् र बेखबर हुने गर्दछन् । यहाँका लाखौँ श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत छन् । त्यसैले यो वर्गका श्रमिकले आजका दिनको बिदा या सुविधा पाउँदैनन् । यसरी जसको अधिकारका लागि सरकारले सार्वजनिक बिदा नै दिएर पर्वको आयोजना गर्छन् ती श्रमिक आज पनि श्रममै रहन्छन् । (रासस)

      Chitwan Aaja चितवन आज
      आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      बारा–२ मा जनमतले शिवचन्द्र कुशवाहालाई उमेदवार बनाउने
      कोशी विरुद्धको आन्दोलनमा पदम लिम्बूको मृत्युबारे छानबिन समितिले थाल्यो काम
      चैतेदशैँमा चितवनको सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

      ताजा समाचार

      सबै

      बारा–२ मा जनमतले शिवचन्द्र कुशवाहालाई उमेदवार बनाउने

      कोशी विरुद्धको आन्दोलनमा पदम लिम्बूको मृत्युबारे छानबिन समितिले थाल्यो काम

      चैतेदशैँमा चितवनको सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

      काठमाडौंका यी क्षेत्रमा हुनेछ आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित (सवारी रुटसहित)

      विराट गोल्डकपः एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

      मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

      आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने

      हेर्नुहोस तपाईको आजको राशिफल

      एमालेलाई कमजोर बनाउने खेल भयो : अध्यक्ष ओली

      कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

      एमालेलाई भित्तामा पुर्‍याउँछु भन्नेहरू आफै कुनामा पुगे : पोखरेल

      अश्लील हर्कत गर्ने दत्तले प्राध्यापकबाट पनि दिए राजीनामा

      दुर्गा प्रसाईंले मिटरव्याज पीडितलाई पठाएको एक ट्रक खाद्यान्न अभियन्ताले गरे फिर्ता

      सत्ता गठबन्धनले टुंग्याउन सकेन भागबन्डा

      मतदाता सङ्ख्या बढ्दो, निर्वाचन खर्च घट्दो

      थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • २.
        कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

      • ३.
        चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

      • ४.
        समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

      • ५.
        लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

      • ६.
        गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

      • ७.
        गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

      • ८.
        चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

      • ९.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      • १०.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोफिचर)

      • ११.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • १२.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      साताको चर्चित

      • १.
        कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

      • २.
        जापानमा रहेकी भरतपुरकी आरती एक हप्तादेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

      • ३.
        चितवनमा विक्रमबाबा मेला सुरु

      • ४.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • ५.
        भरतपुरमा जारी जुत्ता चप्पल मेलामा एक लाख २५ हजार बढीले गरे अवलोकन

      • ६.
        यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.