चितवन साउन १
अनेरास्ववियु चितवनले सदस्यता वितरण कार्यको थालनी गरेको छ । सदस्यता वितरण महाअभियान र केन्द्रीय सर्कुलर अनुसार अनेरास्ववियु चितवनले जिल्लाकै ठुलो र धेरै विद्यार्थीहरू अध्ययन गर्ने क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस बाट सदस्यता प्रदान गर्ने कार्यक्रमको शुभारम्भ गरेको हो।
अनेरास्ववियु जिल्ला अध्यक्ष क. हरि आचार्य द्वारा क्याम्पस कमिटी सदस्य क. अभिषेक भट्टराईलाई जिल्लामै पहिलो पटक सदस्यता वितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला सचिब क. अमित आचार्य, सहसचिव क. प्रदिप पराजुली, क. विज्ञान अधिकारी, जिल्ला सदस्य एवम् क्याम्पस अध्यक्ष क. सुदिप पौडेल लगायत क्याम्पस कमिटीका पदाधिकारी ,सदस्यहरू, विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्ष क. सुदिप पौडेल रहनुभएको थियो भने कार्यक्रमको संचालन क. सौगात बस्यालले गर्नुभएको थियो ।