नवलपरासी असार २५
नवलपरासीमा आफनै भाउजुको हत्या गरेको अभियोगमा देवरलाई प्रहरीले पक्राउ गरेको छ
नवलपरासीको रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जग्गाको विषयलाई लिएर वादविवाद हुँदा देवरले भाउजुलाई मोटरसाइकलको शकरले प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । विवादका क्रममा मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार