Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत १०, २०८२
☰
Logo मङ्गलबार, चैत १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

अनुदानले उद्यमी बन्दै चितवन र नवलपुरका किसान

चितवन, २१ असार –
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएस आइपी) को अनुदान सहयोगले यस क्षेत्रका किसान उद्यमी बन्न थालेका छन् ।

कूल लगानीको २० प्रतिशत सहकारी/समूह वा व्यक्तिको, बैंक तथा वित्तीय संस्थाको अनिवार्य ३० प्रतिशत ऋण लगानी र ५० प्रतिशत आयोजनाले अनुदान दिने कार्यक्रम सफल बन्दै गएपछि यहाँका किसान उद्यमी बन्दै भएका हुन् ।

भरतपुर महानगरपालिका–६ स्थित देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड विगत एक वर्षअघिबाट एनएलएस आइपीको उपआयोजनाअन्तर्गत नमूना दूध तथा दुग्धजन्य पदार्थ प्रशोधन तथा विविधिकरण एवं बजारीकरण संस्थाको स्थापना गरी आफैँ उद्यमी बनेको छ । यो संस्था २०५२ सालमा स्थापना भएर दूध सङ्कलन गरेर निजी दुग्ध उद्योगलाई बिक्री वितरण गर्दै आएको थियो । रु एक करोड ७७ लाखको लागत रहेको उक्त उद्योगले हाल दैनिक तीन हजार लिटर दूध सङ्कलन गर्दैआएको छ । संस्थाले दूध प्रशोधन गरेर बजारीकरण गर्दै आएको छ । जसबाट प्रत्यक्षरुपमा २०५ जना सेयर सदस्य लाभान्वित भएका छन् । संस्थाले उद्योगबाट दूध दही, पनिर र नौनी बनाएर बजारमा बिक्री वितरण गर्दै आएको छ । सहकारीले दूधको उचित मूल्य दिएपछि किसान पशुपालन व्यवसायमा आकर्षित भएको संस्थाका व्यवस्थापक जनार्धन पौडेलले जानकारी दिनुभयो ।

एनएलएस आइपीको उपआयोजना लागू भएपछि विगतमा खासै व्यावसायिक नभएको देवनगर दुग्ध उत्पादक सहकारी संस्था हाल दुग्ध उद्योग स्थापना भएपछि कृषकलाई व्यावसायिक मार्गमा ल्याउन सफल भएको संस्थाका व्यवस्थापक पौडेल बताउनुहुन्छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट नगरपालिका–११ मा रहेको मुकुन्दपुर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले हाल आफ्ना किसानका लागि गाईभैँसीलाई चाहिने दाना आफैँ उत्पादन गर्दै आएको छ । विगतमा बाहिरबाट दाना किनेर बस्तुलाई खुवाउँदा उत्पादनमा कमी हुने तथा रोगले सताउने गरेको र हाल आफ्नै दाना उद्योग भएपछि उत्पादन बढेको यहाँका किसान बताउँछन् । एनएलएस आइपीको अनुदानका आफ्नै ठाउँमा दाना उद्योग खुलेपछि किसानलाई दानामा सहजता मिलेको हो ।

मुकुन्दपुरका किसान लक्ष्मण आचार्य सहकारी मार्फत गाउँमै दाना उद्योग खुलेपछि किसानलाई सहजता मिलेको बताउनुहुन्छ । पहिले गाईलाई खुवाउने बजारको दाना र हाल सहकारीले उत्पादन गरेको दानामा निकै फरक भएको भन्दै उहाँले अहिलेको दानामा पौष्टिकतत्व बढी र दूध उत्पादन धेरै भएको बताउनुभयो । देशमै केही गरौँ भनेर गाईपालन गर्नुभएका आचार्य सहकारीमार्फत दाना उद्योग खुलेपछि व्यवसायमा थप हौसिनुभएको छ ।

हाल ४० गाईभैँसी पाल्दै आउनुभएका गैँडाकोट–१३ का नारायण पौडेलले सहकारीमार्फत दाना पाएपछि निकै सुविधा मिलेको बताउनुहुन्छ । मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाद्वारा सञ्चालित मुकुन्दसेन दाना उद्योगका अध्यक्ष गोपाल श्रेष्ठ पशु आहार व्यवस्थापनका लागि एनएलएस आइपीको कार्यक्रमअनुसार अनुदान पाएपछि उद्योग खोल्न सफल भएको बताउनुहुन्छ । संस्थाको उद्देश्यअनुसार दाना उत्पादन गर्दै आएको बताउँदै उहाँले हाल प्लेट दाना र धुलो दाना उत्पादन भएको जानकारी दिनुभयो । दाना उद्योग परीक्षणकै क्रममा रहेको अवस्था भए पनि उत्पादनमा सफलता मिलेको अध्यक्ष श्रेष्ठको भनाइ छ । हाल मासिक ९० टन दाना उत्पादन हुने गरेको उद्योगको आफ्ना किसानलाई वितरण गरी थप दानाको बजारीकरण गर्दै लक्ष्य रहेको छ । दाना उत्पादनमा कच्चा पदार्थको अभाव भने हुने गरेको बताउँदै श्रेष्ठले नेपालमै भएका कच्चा पदार्थ उपयोग गर्न पाएका अझ प्रभावकारीे रुपमा दाना उत्पादन गर्न सकिने बताउनुभयो ।
रत्ननगर नगरपालिका–१२ मा भैँसी तथा गाईपालन गर्दै आउनुभएका दिनेश खतिवडा आफ्नै देशमा श्रम र पसिना बगाउँ भन्ने धारणका साथमा विगत आठ वर्षदेखि यो व्यवसाय गर्र्दै आउनुभएको छ । विगतमा आफ्नै तरिकाले पशुपालन गर्दै आउनुभएका खतिवडाले एनएलएस आइपीको उपआयोजना लागू भएपछि हाल दैनिक ४०० लिटर दूध उत्पादन गर्नुभएको छ । पशुपालन गर्दा ब्रिड पहिचान गरी बढी उत्पादन लिन सकिने उहँको अनुभव छ । एनएलएस आइपी आयोजना काम गर्ने किसानका लागि मात्र भएको खतिवडाको बुझाइ छ । यो कुरा आफूले काम गर्दै गर्दा बुझेको उहाँ बताउनुहुन्छ । एनएलएस आइपीको अनुदान लिएपछि उहाँले भकारो सुधार, ब्रिड तथा नश्ल सुधार, साइलेज निर्माण तथा भण्डारणजस्ता काम गर्नुभएको छ ।

विगतमा अन्य उद्योग सञ्चालन गरेर लगानी पनि नउठेको अवस्थामा हाल विकल्प खोज्दै जाँदा कृषि व्यवसायमा हात हालेको चितवन माडीका विणुप्रसाद पङ्गेनी बताउनुहुन्छ । हाल उन्नत जातका बाख्रापालन गर्दै आउनुभएका उहाँ मासु उत्पादनमा केही योगदान दिन्छु भन्ने उद्देश्यका साथमा बाख्रापालनमा लाग्नुभएको हो ।

सुरुका दिनमा सात÷आठ बाख्राबाट सुरु गर्नुभएका उहाँले एनएलएस आइपीसँग जोडिन पुगेपछि दुई सयको हाराहारीमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँको बाख्रापालनमा हाल रु २५ लाख लगानी पुगेको छ । पङ्गेनी भन्नुभयो, “एनएलएसआइपीका सरहरुले सिकाउँदा अहिले केही होलाजस्तो भएको छ यसरी गर्दा राम्रो हुने रहेछ पहिला आफ्नै ढङ्गबाट गरिन्थ्यो”, आयोजनासँग जोडिएपछि पहिला वार्षिक रु एक डेढ लाख आम्दानी गर्ने उहाँको आम्दानीको लक्ष्य वार्षिक १२ पन्ध्र लाख रहेको छ ।

विश्व बैंकको ऋण सहयोगमा आव २०७४/७५ देखि कार्यान्वयनमा आएकोे नेपाल लाइभ स्टक सेक्टर इनोभेसन (एनएलएसआइपी) आयोजना आव २०८०/८१ मा सम्पन्न हुँदैछ । आयोजना सम्पन्न भएपछि यसअन्तर्गतका उपआयोजना स्थानीय सरकारको जिम्मामा हुनेछ । यस आयोजनाले कृषकलाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । (रासस)

Chitwan Aaja चितवन आज
बिहिबार, असार २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न
सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान
हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

ताजा समाचार

सबै

चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

बढ्न थाल्यो देशभरको तापक्रम, कहाँको कति ?

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.