१७ असार, चितवन-
शनिबार रातिदेखि पहिराेले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पाैने ६ बजेपछि सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका-५ तुइन खाेलामा नारायणगढतर्फकाे भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।















