चितवन,१६ असार
नारायणगढ मुग्लिन सडकमा निरन्तर पहिरो खस्न थालेपछि अनेरास्ववियु चितवनले र्यापिड रेस्पोन्स टिम बनाउने भएको छ।
उक्त टिममा रहेर स्वयंसेवकको रुपमा काम गर्न चाहानेहरुले सम्पर्क गर्न अनेरास्ववियु चितवनका संयोजक हरि आचार्यले आग्रह गरेका छन्।
हजारौ यात्रुहरु अलपत्र परेपछि टिम बनाएर यात्रुहरूलाई सहजीकरण गर्न उक्त टिम बनाउन लागेको आचार्यले जानकारी दिए।