भरतपुर । भरतपुरको अर्बिट स्कुलले अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
राष्ट्रिय धान दिवसको अवसर पारेर सो प्रतियोगिता गरिएको थियोे ।
प्रतियोगितामा ३० विद्यालयका विद्यार्थीले सहभागीता जनाएका थिए । प्रतियोगितामा नारायणी पव्लिक स्कुलका सौरभी हमाल प्रथम भएकी छन् ।
सनराइज इङलिस स्कुलका अपराजिता थापा द्वीतिय, ग्रीन ल्याण्ड स्कुलका विदुशी कार्की तृतीय भएका छन् । प्रथम१ द्वीतीय र तृतीय हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार नगद सहित ट्रफि र प्रमाणपत्र वितरण गरिएको विद्यालयका इन्चार्ज नारायण गौतमले जानकारी दिए।
विजेताहरुलाई भरतपुर-५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार