नवलपुर, असार ९-
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको हो । वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार पोखरीमा डुबेका करिब १३-१४ वर्षका दुई बालकको मृत्यु भएको र सनाखत हुनसकेको छैन ।