काठमाडौं, असार ७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी फर्स्ट लेडी जिल बाइडेनलाई प्रयोगशालामा बनाएको हीरा उपहार दिएका छन् । अमेरिकाको तीनदिने राजकीय भ्रमणमा रहेका मोदीले वातावरण मैत्री ७।५ क्यारेटको हीरा उपहार दिएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले मोदीको सम्मानमा ह्वाइट हाउसमा पार्टीको आयोजना गरेका थिए । त्यै पार्टीमा उनीहरु तीन बीच विभिन्न विषयमा कुराकानी भयो र उपहार आदानप्रदान पनि ।
मोदीले प्रदान गरेको हीरा वातवरण मैत्री हीरा हो । किनकि यो बनाउन सौर्य उर्जा र वायु उर्जाको मात्र प्रयोग गरिएको छ । भारतले पछिल्लो समयमा प्रयोगशालामा उत्पादन गरिएको हीराको प्रवर्द्धन गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।