काठमाडौं असार ५
सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ ।
बझाङमा भएको दुर्घटनामा सिंहसहित पाँचजना घाइते भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।
उनका अनुसार घाइतेहरूको अवस्था गम्भीर छ ।
डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी केदास्यु गाउँपालिका–१ मा दुर्घटनामा परेको हो ।