चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको चितवन क्षेत्र नम्बर–२ का अध्यक्ष अवनी सापकोटा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
सपकोटासहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एंवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभयो ।
पार्टी प्रवेशको लागि सहजीकरण नेता उत्तम सुवेदीले गर्नु भएको थियो ।
पार्टी प्रवेश कार्यक्रमको संचालन बागमती प्रदेश सचिवालय सदस्य प्रेम भुजेलले गर्नु भयको थियो । कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य अर्जुन पाठक, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका सचिव संजय बरालसहितको उपस्थिति रहेको थियो।