भरतपुर,जेठ २७
भरतपुरमा अत्याधिक गर्मीले सताएपछि सजीव प्राणीहरुको हितको लागि पानी माग्दै आइतबार भरतपुरमा भगवान शिवको पूजा गर्ने तयारी गरिएको छ ।
लामो समयदेखि पानी नपर्दा जनजीवन कष्टकर बन्दै गएपछि आइतबार ‘हरहर महादेव पानी देऊ देऊ’ भन्दै पानी माग्ने तयारी गरिएको भरतपुर–१ का जनप्रतिनिधि मनोज घिमिरेले जानकारी दिनभयो ।
उनका अनुसार आइतबार दिउँसो ४ बजे पोखरा बसपार्कस्थित गौरेश्वर पशुपति मन्दिरमा महादेवसँग पानी देऊ भन्दै अनुरोध पूजा गरिनेछ। त्यसपछि अपरान्ह ४ः३० बजे ‘हरहर महादेव पानी देऊ देऊ र्याली’ गरिने छ।