काठमाडौं, १४ वैशाख –
सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
कार्यालय समय भने बिहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।
पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो ।