काठमाडाैं जेठ २५
नेपाल प्रहरीको साइबर ब्यूरोले हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशका विषयमा अनुसन्धान थालेको छ । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्षित गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो ।
उनीहरूले फिसिङको माध्यामबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि अनुसन्धान शुरु गरिएको साइबर ब्यूरोले जनाएको छ ।
टिकेटिङ प्रणाली ह्याक गरी अनधिकृत रुपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । उनका अनुसार अहिले उक्त विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।
उपनिर्देशक रायले तीनवटा संस्थाले त्यसरी ब्यूरोमा उजुरी दिएको उल्लेख गर्दै ब्यूरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ ।
Jकस्मो नेपाल ट्राभल्सलगायत तीन संस्थाका युजर नेमबाट लाखौंको टिकट काटिएको सार्वजनिक भएको थियो ।