काठमाडाैं जेठ २०
भारतको ओडिशामा भएको रेल दुर्घटना ज्यान गुमाउनेको संख्या २६१ पुगेको छ । ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ९०० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार ६०० भन्दा धेरै मानिसहरू अस्पतालमा भर्ना गरिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुर्घटनास्थलतर्फ गएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार