काठमाडाैं जेठ १७,
चार दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्रीले मीनाक्षी लेखीले स्वागत गरिन् ।
नेपालका प्रधानमन्त्रीको स्वागतका लागि विदेशमन्त्री विमानस्थलमा आउने पुरानो परम्परा रहेपछि एस जयशंकर प्रचण्डलाई स्वागत गर्न पुगेनन् ।
पछिल्लोपटक शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा पनि रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।
प्रचण्ड दोस्रोपटक भारत भ्रमणमा जाँदा विदेशमन्त्री सुस्मा स्वराज स्वागतका लागि विमानस्थलमा आएकी थिइन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार