चितवन, जेठ १४-
बेस्ट डेस्टिनेसनले रत्ननगर नगरपालिका ९ मा रहेको श्री मोहना माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई पोसाक सहयोग गरेको छ ।
सामाजिक उत्तरदयित्व अन्तर्गत बेस्ट डेस्टिनेसनले विभिन्न सामाजिक क्षेत्रमा अग्रसर रहेर विद्यार्थीहरुलाई सहयोग छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।
पश्चिम चितवनको चनौलीमा मुख्य कार्यालय रहेको बेस्ट डेस्टिनेशन एजुकशेनलले उच्च शिक्षा अध्ययनका लागि जापान र अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ । जापानीज भाषा, आईईएलटिएस, पिटिई कक्षाहरु सञ्चालन गर्नुका साथै प्रोशेसिङ्गका सम्पूर्ण कामहरु आफूहरुले गर्ने प्रबन्ध निर्देशक कुँवरले बताए ।
बेस्ट डेस्टिनेशनले शैक्षिक परामर्श दिनुका साथै आईटी सम्बन्धि विभिन्न कक्षा एवम् विभिन्न तहका कम्प्युटर कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।