चितवन जेठ १४,
भरतपुर महानगरपालिका–६ देवनगर बस्ने एक महिलालाई सामुदायिक वनमा दाउरा काट्न जाँदा गैँडाले आक्रमण गरेको छ ।
शनिबार दिउँसो साढे ३ बजे बजेको समयमा घर नजिकै रहेको सिमसार वनमा दाउरा काट्ने क्रममा ४० वर्षिय गंगा भुजेल जंगली गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आक्रमणबाट गम्भिर घाइते भएकी भुजेलको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।