काठमाडौं । चर्चित अर्जेन्टिनी फुटबलर डियागो म्याराडोनाको फेसबुक पेज ह्याक भएको छ ।
बुधबार फेसबुक पेज ह्याक भएपछि म्याराडोनाको पेजबाट विभिन्न नकारात्मक पोस्ट आएका छन् । ह्याकरले पेज ह्याक गरेर अर्का चर्चित फुटबलर पेलेको प्रोफाइल फोटो राख्दै ‘माई बिग आइडल’ क्याप्सन राखेको छ ।
यस्तै, पेजमा ‘आई लिभ इन इन्डोनेसिया’ भनेर पनि पोस्ट गरिएको छ ।
आफ्नो खेल करियरमा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका थिए । सन् २०२० मा म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो । त्यसयता उनको परिवारले यो पेज चलाउँदै आएको थियो ।
यसबारे परिवारका सदस्यले हालसम्म केही प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार