चितवन। सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ । सोमबार दिउँसोदेखि अवरुद्ध भएको यातायात पहिरो पन्छाइएसँगै सुरु भएको हो ।
सुख्खा पहिरो खसेका कारण सोमबार दिउँसो साढे दुई बजेबाट नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको थियो ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार तीन नम्बर पुलमा पहिरो खसेको थियो ।