काठमाडाैं जेठ ६,
एजेन्सी
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै राजस्थान रोयल्सले जितेको छ ।
यस जीतसँगै राजस्थानले प्लेअफमा जाने सम्भावना कायमै राखेको छ । खेलको अन्तिम ओभरमा ध्रुव जुरेलको छक्कासँगै राजस्थानको जितेको हो ।
यो हारसँगै पञ्जाबको प्लेअफको सपना अन्त्य भएको छ । राजस्थान अंकतालिकाको पाँचौं नम्बरमा पुगेको छ तर उसले प्लेअफमा जाने/नजाने निर्णय अन्य टीमको हारमा निर्भर रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुरूआती ब्याटिङ गर्दै पञ्जाबले ५ विकेटमा १८७ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै राजस्थानका खेलाडी यशस्वी जायसवाल, देवदत्त पडिक्कल र हिमरन हेटमायरको सानदार प्रदर्शनका कारण जीत हात लाग्यो । खेलमा यशस्वीले ५० र देवदत्तले ५१ रन बनाए भए हेटमायरले २८ बलमा ४६ रनको योगदान गरेका छन् ।