चितवन,जेठ ५
विश्वभर सम्पन्न हुने द डिस्टिङग्विस्ड जेन्टलम्यान राईड जेठ ६ गते चितवनमा हुने भएको छ । कोट पाइन्ट लगायतका पोशाक लगाएर र्यापर स्टाइलमा सजिएका राईडहरु सहभागी हुने सो राईड विश्वभर लोकप्रिय छ ।
पुरुषहरुको मानसिक स्वास्थय र प्रोस्टेट क्यान्सरको बारेमा जनचेतना जोगाउन आयोजना गरिने सो राईड फ्रेन्ड्स अफ रोयल इन्फिन्ड नेपाल (फोरे नेपाल) को संयोजनमा हुनेछ भने चितवनमा सो कार्यक्रम “रोयल राइनो राईड”ले फोरे नेपालसँग सहकार्य गर्नेछ ।
चितवनको भरतपुर हाइट स्थित ग्रिन लिफ क्याफेबाट सुरु हुने सो राईड भरतपुर विवि मेमोरियल क्यान्सर अस्पताल हुँदै तिन खोले गुम्बा हुँदै अतालि रेस्टुरेन्टमा लाइभ म्युजिक गर्दै समापन हुनेछ ।
सो कार्यक्रममा जावा,रोयल इन्फिल्ड,मेस्पा लगायत मिन्टेज र क्लासिक बाइक राईडर्सहरु सहभागी हुन सक्ने छन । उनीहरुले यसका लागी आवश्यक रकम आफ्नो इच्छा अनुसार सहयोग पनि गर्न सक्छन् ।
द डिस्टिग्विस जेन्टलम्यान राईडले विश्वमा हुने विभिन्न इमेन्ट मध्ये सवैभन्दा ठुलो र आश्चर्यजनक इभेन्टको पहिचान काम गरेको छ । डिजिआर वल्र्डवाइड र यसको च्यारिटि पार्टनर मोमेम्बर मार्फत प्रोस्टेट क्यान्सर तथा पुरुषहरुमा हुने मानसिक स्वास्थ्यको बारेमा चेतना जगाउन यसले महत्वपूर्ण भुमिका खेलेको छ । नेपालमा सन् २०१६ देखि यो राइड प्रारम्भ भएको थियो ।