काठमाडाैं जेठ ३,
मकवानपुरको हेटौँडामा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जीपले बुधबार ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जीप चालकलाई पक्राउ गरेको छ ।