चितवन, बैशाख ३० –
भरतपुर ५ विकास चोकमा रहेको अर्बिट स्कुलमा निर्वाचन गरेर विद्यार्थी नेतृत्व चयन गरिएको छ ।
कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी सम्मिलित निर्वाचनमा स्कुल क्याप्टेनका २ जना उम्मेद्वार र स्कुल भाइस क्याप्टनेनका ३ जना उम्मेद्वारबीच प्रतिस्पर्धा भयो भने सदन नेतृत्व तथा उप नेतृत्वका लागि करिब १६ जना प्रत्यासी चुनावी मैदानमा होमिएका थिए ।
प्रजातान्त्रिक पद्धतिको उच्चतम अभ्यास प्रस्तुत भएको निर्वाचनमा पर्यवेक्षक, पत्रकार, निर्वाचन आयुक्त एवम् सुरक्षाकर्मीको उपस्थितिले साँच्चिकै संघीय चुनावको झल्को दिएको थियो ।
शुक्रबार सम्पन्न निर्वाचनको परिणाम आइतबार सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त विदुर घिमिरेले बताउनुभयो ।