• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
मङ्गलबार, भदौ १०, २०८२
☰
मङ्गलबार, भदौ १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    लोकप्रिय समाचार

    • १. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • २. आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    • ३. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ४. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • ५. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ६. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    • ७. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् तपाइँको आजको राशिफल

    • ८. प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटना, सामाजिक अभियन्ताको मृत्यु

    • ९. आज बिहीवार कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    • १०. रवि लामिछाने फेरि गए अदालत, निकिताले भनिन्– ‘न्यायका हरेक ढोका ढक्ढक्याउने छु’

    हाम्रो पत्रकारिता : भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

    हेटौँडा, २६ वैशाख –
    यसै साता आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइयो । सरकारले २०७३ देखि पत्रकारिता दिवसलाई राष्ट्रिय रूपमा मनाउन मान्यता दिएको छ । गोरखापत्र प्रकाशन आरम्भ भएको दिन अर्थात वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाइरहँदा त्यही गोरखापत्रको मानकअनुसार हाम्रो पत्रकारिता सार्थक मोडमा जाँदैछ कि स्वार्थको घुम्तीमा दुर्घटना कुरिररहेको छ ? विवेचना गर्ने बेला पनि भएको छ । पत्रकारिताको यति लामो यात्रामा विभिन्न आर्थिक, सामाजिक र राजनीतिक उतारचढावसँगै प्रविधिमा आएको परिवर्तनले अकल्पनीय फड्को मारेको छ ।

    पत्रकारिताको विकास स्थानीय तहमा युट्युब टेलिभिजन र अनलाइन सञ्चार गृह सञ्चालनमा पुगेको छ । विगतमा पत्रकारिता ग्रामीण बस्तीबाट भित्तेपत्रिका हुँदै केन्द्रमा पुग्थ्यो । पत्रकारितामा आकर्षित र सक्रिय अहिलेका कैयौँ पुस्ताका पत्रकार विगतमा गाउँमा भित्तेपत्रिका निकाल्थे । हवाई पत्रिका निकाल्थे । त्यसपछि लेटर प्रेसको जमाना आयो । जिल्लामा फाटफुट निस्कने पत्रिकामा संवाददाता भए । काठमाडौँसँग जोडिएर साप्ताहिक पत्रिकामा संवाददाता हुन थाले ।

    पछि ब्रोडसिट दैनिक आउन थाले । दैनिकमा समाचार अहिलेजस्तो तुरुन्त प्रसार हुने व्यवस्था थिएन । हुलाकबाट पठाउनु पथ्र्यो । पछि कुरियरले अलि चाँडो पु¥याइदिन थाल्यो । नेपाल टेलिकम, प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भएका फ्याक्स मेसिनमा पत्रकार लाइन बसेर समाचार पठाउनु पथ्र्यो । यस्तो अवस्थामा राज्य, प्रशासनविरुद्ध समाचार लेख्न कठिन थियो । किनकि फ्याक्स गर्ने ठाउँ नै सरकारी कार्यालय पथ्र्यो । त्यसपछि टेलिफोन बुथहरूले फ्याक्स मेसिन राख्न थाले । त्यहाँबाट समाचार जान थाल्यो ।

    बिस्तारै कम्प्युटर युग आयो । जोस, जाँगर भएका पत्रकार ४० वर्ष कटेपछि पनि यो सीपमा रत्तिए । समाचार टाइप गरेर पठाउने भए । हेटौँडाबाट काठमाडौँमा समाचार पठाउन त्यतिखेर एसटिडी लाइनको फोनमार्फत इन्टरनेट जोडिएको थियो । अहिलेका पुस्तालाई पिसिओ, लोकल, एसटिडी, आएसडी फोनबारे ज्ञान नहुन सक्छ । किनभने डिजिटल प्रविधिले त्यो प्रविधि नै लोप भयो । अझ ग्रामीण भेगका भिएचएफ फोनमार्फत काठमाडौँका एफएम, पत्रिकामा समाचार टिपाउने युगबाट हामी यहाँसम्म आइपुगेका हौँ । बिस्तारै लोकल टेलिफोनमै इन्टरनेट चल्न थाल्यो । नेपाल टेलिकमले इन्टरनेट सेवा दिन थालेपछि सेवा सस्तो हुँदै गयो ।

    विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी आज इन्टरनेटसँगै टेलिभिजनको केवलको सेवा पनि दिइरहेका छन् । यसरी २०६४ पछि सुरु भएको सञ्चारको छलाङ निरन्तर यहाँ आइपुग्दा आज काठमाडौँको समाचार सर्वसाधारणले टिकटक, फेसबुक, युट्युब, ट्विटरमा हेर्न थाले । एउटा अनुभव शेयर गर्न चाहन्छु, नेपाल समाचारपत्र दैनिक सार्वजनिक बस सेवाबाट हेटौँडा आउँदा दिउँसो २ बज्थ्यो । साँझ पत्रिका हेर्न पाउँथ्यौँ । समाचार छापिएपछि ठूलै फड्को मारेको अनुभव हुन्थ्यो । एक दिन बिहानै पत्रिका आउने पसलमा पत्रिकाको अफिसबाट फोन आएछ, ‘आजको पत्रिका नुवाकोटको बसमा पठाइएको छ, अलि ढिलो हुन्छ होला ।’ हामी धेरैबेर हाँस्यौँ तर मनमा द्विविधा के परिरहेको थियो भने, आजै जिल्लाका धेरै समाचार छापिएका थिए । जनताले पत्रिका पढ्न नपाउने भन्ने भयो । किनभने काठमाडौँ बसेर सबैथोक जानिन्छ र जिल्लामा बस्ने नजान्ने हुन्छ भन्ने पुरातन सोच हाम्रो नयाँ पुरानो दुवै पुस्ताको मनोग्रन्थीमा गढेर बसेको छ । नुवाकोटको बसमा पत्रिका हालेर मकवानपुर आउँदैन भन्ने भूगोल जानकार नभएका मान्छे पत्रिका वितरण शाखामा पर्दाको स्मरण हो यो ।

    प्रतिस्पर्धाको युगमा सञ्चार अघि बढिरह्यो । युट्युब आयो । डेढ दशकअघि नै लेखिएका थिए कि, संसारमा टेलिभिजनलाई युट्युबले जित्ने छ । भर्खर इन्टरनेट सहरका एकाध घरमा जोडिएका बेला आएको युट्युबले टेलिभिजन यसरी स्थापित गर्ला भन्ने कल्पनै थिए । त्यसपछि टेलिभिजन आए । त्यतिखेर कस्तो माहोल थियो भने टेलिभिजनले के समाचार दिन्छ, पत्रिकाले पनि त्यही पच्छ्याउने चलन बढ्यो । यसले अखबारका समाचार बासी हुन थाले । अर्कातिर रेडियोको युग उस्तै चमकदमकमा प्रस्तुत भइरहेको थियो । माथि नै उल्लेख गरिएकै छ, मकवानपुरको पत्रिका नुवाकोटको गाडीमा पठाउने वितरण शाखालाई रेडियोले विस्थापित गरिदिए । काठमाडौँका सबै रेडियोले बिहानै पत्रिका पढिदिने, नेपालभर नेटवर्क बनाएका रेडियोले समाचार बिहानै बजाइदिएपछि आजको पत्रिका आजै आए पनि नआए पनि हुने भयो । मान्छे बिहानै रेडियो सुन्न थाले, साँझ टिभी हेर्न थाले ।

    पत्रिकाको व्यापार ओरालो लाग्नुमा वितरण कमजोर मात्र थिएन, सञ्चार सामग्रीलाई रेडियो र टिभीले पहिले नै प्रसार गरिदिन्थे । त्यसैले पत्रिकाकै समाचार पढेर रेडियो, टिभी लोकप्रिय बनिरहँदा पत्रिका चैँ पुरानो र बासी समाचारको सङ्ग्रहका रूपमा परिचित र परिभाषित हुन थाल्यो ।

    पत्रकारितामा छापा माध्यम कमजोर भयो भनेर फेरि अखबारहरूले मिहिनेत गरे । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति व्यावसायिक ढर्रामा उत्रियो । उसले अखबारले झैँ देशभर संवाददाता राखेर सबै समाचार कभरेजमा पहुँच बनायो । प्रविधिमैत्री हुन थाल्यो । तस्बिर, समाचार समयमा उपलब्ध गराउन थाल्यो । यतिखेरसम्ममा अनलाइनहरू आइसकेका थिए । पत्रिका, अनलाइन, रेडियो, टेलिभिजन राससका ग्राहक छँदैथिए । राससका समाचार फेरि पनि घन्टाघन्टामा एफएम र टेलिभिजनमा अनि क्षणभरमै अनलाइनमा आउँदा अखबारकै बजार खस्कियो । अखबारले राम्रा पत्रकार राखेर खोजीका समाचार प्रकाशन गर्दा पनि काठमाडौँका अनलाइनहरूले बिहानै त्यही समाचार राखिदिएपछि जिल्लामा छापा माध्यम कमजोर भइरहेकै थियो । २०६५ पछि धेरै जिल्लामै अनलाइन, दैनिक पत्रिका, रेडियोसँगै टेलिभिजन स्थापनाका पहल भए । केन्द्रबाट अखबार प्रकाशन व्यावसायिक भइरहँदा जिल्लामा स्थानीय अखबार, रेडियोले पाठक, स्रोता, दर्शकलाई तानिसकेको थियो । टलिभिजन चलाउनुपर्छ भन्ने भइसकेको थियो ।

    यसपछि केन्द्रका अखबारले ई–पेपर सुविधा दिन थाले । सरकारी कार्यालय, बैंक, इन्टरनेट पहुँचमा भएकाले त यसको सुविधा लिने भए । सर्वसाधारणलाई यो पनि सुविधाजनक भएन । पछिल्लो एक दशकमा आएमा स्मार्ट फोनले हाम्रो पत्रकारिताको ढाँचा नै बदलिदियो । सबै खबर अखबार, अनलाइन, टेलिभिजनमा भन्दा अगाडि फेसबुक, युट्युबमा आउन थाले । हरेक घटनाका भिडियो क्षणभरमै फेसबुकमा छाउन थाले । त्यही भिडियोमा आधारित सानो समाचार टेलिभिजनमा, अनलाइनमा, पत्रिकामा आउन थाल्यो । इन्टरनेटको पहुँचसँगै माथि उल्लेख गरिएको भित्तेपत्रिका हुँदै केन्द्रसम्म पुगेको पत्रकारिता काठमाडौँबाट फेरि प्रदेश, स्थानीय तह हुँदै वडा तहमा फर्कियो । यसको सबैभन्दा मार छापा माध्यमले भोगिरहेको छ ।

    अहिले सरकारी सूचना छाप्नै पर्ने बाध्यताले अखबार लिखिरलिखिर चलेका छन् । नत्र भने समाचार र विज्ञापन अनलाइनमा आउन थालेपछि अखबारसँगै स्थानीय तहमा टेलिभिजनको बजार कमजोर भएको छ । एफएम रेडियो भारतमा झैँ गीत बजाउने र काठमाडौँबाट निःशुल्क आउने समाचारमा सीमित भएका छन् । जनशक्ति विकास, उत्पादनमा सञ्चारमाध्यम नलाग्दा ठूलो लगानीका पत्रिका, रेडियो, टेलिभिजन फेरि धराशयी नै भएका छन् । देखाउन त कोरोना, डेङ्गु, २०७२ को भूकम्प जे जे देखाए पनि भयो तर काठमाडौँका अखबार कोशी प्रदेश, मधेस प्रदेशमा अब गनेर सीमित सङ्ख्यामा सीमित भएका छन् । बागमती प्रदेशकै कतिपय जिल्लामा पत्रिका कुरियरबाट जान थालेका छन् । यसरी सञ्चार फेरि इन्टरनेट अर्थात् डिजिटल युगमा पुग्दा स्थानीय तहको समाचार स्थानीय तहमै प्रसारले नै अहिले प्रमुखता पाइरहेको छ ।

    स्थानीय तहले सञ्चारका तालिम दिन बजेट विनियोजन गरेका छन् । वृत्तचित्त निर्माण, रेडियो सञ्चालन, पत्रकारलाई अवलोकन भ्रमण गराएका छन् । उसो त यी सबै अवसर उनीहरू कार्यरत सञ्चारमाध्यमले गर्नुपर्ने हो । उनीहरूले मिडिया चलेन, पत्रकारले लेखेनन् भनिरहँदा आफ्ना सहकर्मी, सञ्चारकर्मीलाई पुनर्ताजगी तालिम, अनुभव आदानप्रदानको मौकासमेत नदिइएका कारण केन्द्रीय सञ्चार गृहका कैयौँ अब्बल पत्रकार स्थानीय सञ्चारमाध्यममा झरेर सक्रिय भएका छन् । यसको असर आज स्थानीय तह र प्रदेशका सञ्चारमाध्यम तत्तत् क्षेत्र, भूगोलमा जनताको मुखपत्र भएका छन् ।

    केन्द्र संस्करणमा नपरे पनि हाम्रो खबर स्थानीय अनलाइनले नै राम्रो र विस्तृत दिने गरेको छ भनेर स्थानीय तहमा विश्वास बढेको छ । अझ भिडियोसहित सामग्री प्रसारणमा स्थानीय तहका सञ्चारमाध्यम अग्रसर भएका छन् । पत्रिका, रेडियो, टेलिभिजन, युट्युब, फेसबुक र टिकटकमा समेत स्थानीय सञ्चार सामग्रीले अवसर पाउँदा भन्न सकिन्छ, काठमाडौँ केन्द्रित पत्रकारिता फेरि स्थानीय भूगोलमै फर्किएको छ । फरक यति हो यो दुई दशकमा पहिला भित्तेपत्रिका थियो । अहिले डिजिटल भित्तेपत्रिका अर्थात् ल्यापटप र मोबाइलमा पढ्न सकिने र आफ्नै भूगोल वरपरका बढी सामग्री पाइने भएको छ ।

    पत्रकारिता दिवस मनाइरहँदा हामीले अब गुणस्तरीय सामग्री उत्पादनमा जोड दिने हो, दक्ष जनशक्ति निर्माणमा लगानी गर्ने हो । नयाँ पुस्तालाई समयसापेक्ष सामग्री उत्पादन, उच्चारण, सम्पादन, प्रसारणमा केन्द्रित गर्न जरुरी छ । प्रदेश सरकारले नै आमसञ्चारका अनेक विधागत संस्था स्थापना गरेर प्रदेश र स्थानीय तहमा सञ्चारको नयाँ आयाम सुरु गरिरहेका छन् । पत्रकारिता दिवस मनाइरहँदा यो उपलब्धिलाई कम्तीमा पत्रकारिता गर्नेहरूले चाहिँ गौरव मान्दै समिक्षित हुँदै अघि बढ्न जरुरी छ । – (रासस)
    (लेखक वीरगञ्जबाट प्रकाशित मधेसदृष्टि दैनिकका सम्पादक हुनुहुन्छ)

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु
      हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै
      हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

      ताजा समाचार

      सबै

      नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु

      हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

      तिजमा अर्थतन्त्र : यस्तो छ साडीदेखि चुरा पोतेसम्मको व्यापार

      वीरगञ्जमा हैजा प्रकोप : अस्पतालबाट १७१ डिस्चार्ज, २२० जना उपचाररत

      इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

      सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

      रवि लामिछाने फेरि गए अदालत, निकिताले भनिन्– ‘न्यायका हरेक ढोका ढक्ढक्याउने छु’

      नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

      राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

      वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

      दाताका भरमा अपाङ्ग जीवन विकास आश्रम

      राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक

      आज तीजको दर खाने दिन

      बुलन्दसहरमा भीषण दुर्घटना : ट्रयाक्टर ट्रली र कन्टेनर ठोक्किँदा ८ भक्तजनको मृत्यु, ५० घाइते

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      धेरै डिजेल हाल्ने ग्राहकलाई शुभ पेट्रोल्याण्डद्वारा सम्मान : पम्पको खर्चमा पढ्दै छन् असाहय विद्यार्थी

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • २.
        आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

      • ३.
        इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      • ४.
        नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

      • ५.
        हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      • ६.
        अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.