Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

हाम्रो पत्रकारिता : भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

हेटौँडा, २६ वैशाख –
यसै साता आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइयो । सरकारले २०७३ देखि पत्रकारिता दिवसलाई राष्ट्रिय रूपमा मनाउन मान्यता दिएको छ । गोरखापत्र प्रकाशन आरम्भ भएको दिन अर्थात वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाइरहँदा त्यही गोरखापत्रको मानकअनुसार हाम्रो पत्रकारिता सार्थक मोडमा जाँदैछ कि स्वार्थको घुम्तीमा दुर्घटना कुरिररहेको छ ? विवेचना गर्ने बेला पनि भएको छ । पत्रकारिताको यति लामो यात्रामा विभिन्न आर्थिक, सामाजिक र राजनीतिक उतारचढावसँगै प्रविधिमा आएको परिवर्तनले अकल्पनीय फड्को मारेको छ ।

पत्रकारिताको विकास स्थानीय तहमा युट्युब टेलिभिजन र अनलाइन सञ्चार गृह सञ्चालनमा पुगेको छ । विगतमा पत्रकारिता ग्रामीण बस्तीबाट भित्तेपत्रिका हुँदै केन्द्रमा पुग्थ्यो । पत्रकारितामा आकर्षित र सक्रिय अहिलेका कैयौँ पुस्ताका पत्रकार विगतमा गाउँमा भित्तेपत्रिका निकाल्थे । हवाई पत्रिका निकाल्थे । त्यसपछि लेटर प्रेसको जमाना आयो । जिल्लामा फाटफुट निस्कने पत्रिकामा संवाददाता भए । काठमाडौँसँग जोडिएर साप्ताहिक पत्रिकामा संवाददाता हुन थाले ।

पछि ब्रोडसिट दैनिक आउन थाले । दैनिकमा समाचार अहिलेजस्तो तुरुन्त प्रसार हुने व्यवस्था थिएन । हुलाकबाट पठाउनु पथ्र्यो । पछि कुरियरले अलि चाँडो पु¥याइदिन थाल्यो । नेपाल टेलिकम, प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भएका फ्याक्स मेसिनमा पत्रकार लाइन बसेर समाचार पठाउनु पथ्र्यो । यस्तो अवस्थामा राज्य, प्रशासनविरुद्ध समाचार लेख्न कठिन थियो । किनकि फ्याक्स गर्ने ठाउँ नै सरकारी कार्यालय पथ्र्यो । त्यसपछि टेलिफोन बुथहरूले फ्याक्स मेसिन राख्न थाले । त्यहाँबाट समाचार जान थाल्यो ।

बिस्तारै कम्प्युटर युग आयो । जोस, जाँगर भएका पत्रकार ४० वर्ष कटेपछि पनि यो सीपमा रत्तिए । समाचार टाइप गरेर पठाउने भए । हेटौँडाबाट काठमाडौँमा समाचार पठाउन त्यतिखेर एसटिडी लाइनको फोनमार्फत इन्टरनेट जोडिएको थियो । अहिलेका पुस्तालाई पिसिओ, लोकल, एसटिडी, आएसडी फोनबारे ज्ञान नहुन सक्छ । किनभने डिजिटल प्रविधिले त्यो प्रविधि नै लोप भयो । अझ ग्रामीण भेगका भिएचएफ फोनमार्फत काठमाडौँका एफएम, पत्रिकामा समाचार टिपाउने युगबाट हामी यहाँसम्म आइपुगेका हौँ । बिस्तारै लोकल टेलिफोनमै इन्टरनेट चल्न थाल्यो । नेपाल टेलिकमले इन्टरनेट सेवा दिन थालेपछि सेवा सस्तो हुँदै गयो ।

विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी आज इन्टरनेटसँगै टेलिभिजनको केवलको सेवा पनि दिइरहेका छन् । यसरी २०६४ पछि सुरु भएको सञ्चारको छलाङ निरन्तर यहाँ आइपुग्दा आज काठमाडौँको समाचार सर्वसाधारणले टिकटक, फेसबुक, युट्युब, ट्विटरमा हेर्न थाले । एउटा अनुभव शेयर गर्न चाहन्छु, नेपाल समाचारपत्र दैनिक सार्वजनिक बस सेवाबाट हेटौँडा आउँदा दिउँसो २ बज्थ्यो । साँझ पत्रिका हेर्न पाउँथ्यौँ । समाचार छापिएपछि ठूलै फड्को मारेको अनुभव हुन्थ्यो । एक दिन बिहानै पत्रिका आउने पसलमा पत्रिकाको अफिसबाट फोन आएछ, ‘आजको पत्रिका नुवाकोटको बसमा पठाइएको छ, अलि ढिलो हुन्छ होला ।’ हामी धेरैबेर हाँस्यौँ तर मनमा द्विविधा के परिरहेको थियो भने, आजै जिल्लाका धेरै समाचार छापिएका थिए । जनताले पत्रिका पढ्न नपाउने भन्ने भयो । किनभने काठमाडौँ बसेर सबैथोक जानिन्छ र जिल्लामा बस्ने नजान्ने हुन्छ भन्ने पुरातन सोच हाम्रो नयाँ पुरानो दुवै पुस्ताको मनोग्रन्थीमा गढेर बसेको छ । नुवाकोटको बसमा पत्रिका हालेर मकवानपुर आउँदैन भन्ने भूगोल जानकार नभएका मान्छे पत्रिका वितरण शाखामा पर्दाको स्मरण हो यो ।

प्रतिस्पर्धाको युगमा सञ्चार अघि बढिरह्यो । युट्युब आयो । डेढ दशकअघि नै लेखिएका थिए कि, संसारमा टेलिभिजनलाई युट्युबले जित्ने छ । भर्खर इन्टरनेट सहरका एकाध घरमा जोडिएका बेला आएको युट्युबले टेलिभिजन यसरी स्थापित गर्ला भन्ने कल्पनै थिए । त्यसपछि टेलिभिजन आए । त्यतिखेर कस्तो माहोल थियो भने टेलिभिजनले के समाचार दिन्छ, पत्रिकाले पनि त्यही पच्छ्याउने चलन बढ्यो । यसले अखबारका समाचार बासी हुन थाले । अर्कातिर रेडियोको युग उस्तै चमकदमकमा प्रस्तुत भइरहेको थियो । माथि नै उल्लेख गरिएकै छ, मकवानपुरको पत्रिका नुवाकोटको गाडीमा पठाउने वितरण शाखालाई रेडियोले विस्थापित गरिदिए । काठमाडौँका सबै रेडियोले बिहानै पत्रिका पढिदिने, नेपालभर नेटवर्क बनाएका रेडियोले समाचार बिहानै बजाइदिएपछि आजको पत्रिका आजै आए पनि नआए पनि हुने भयो । मान्छे बिहानै रेडियो सुन्न थाले, साँझ टिभी हेर्न थाले ।

पत्रिकाको व्यापार ओरालो लाग्नुमा वितरण कमजोर मात्र थिएन, सञ्चार सामग्रीलाई रेडियो र टिभीले पहिले नै प्रसार गरिदिन्थे । त्यसैले पत्रिकाकै समाचार पढेर रेडियो, टिभी लोकप्रिय बनिरहँदा पत्रिका चैँ पुरानो र बासी समाचारको सङ्ग्रहका रूपमा परिचित र परिभाषित हुन थाल्यो ।

पत्रकारितामा छापा माध्यम कमजोर भयो भनेर फेरि अखबारहरूले मिहिनेत गरे । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति व्यावसायिक ढर्रामा उत्रियो । उसले अखबारले झैँ देशभर संवाददाता राखेर सबै समाचार कभरेजमा पहुँच बनायो । प्रविधिमैत्री हुन थाल्यो । तस्बिर, समाचार समयमा उपलब्ध गराउन थाल्यो । यतिखेरसम्ममा अनलाइनहरू आइसकेका थिए । पत्रिका, अनलाइन, रेडियो, टेलिभिजन राससका ग्राहक छँदैथिए । राससका समाचार फेरि पनि घन्टाघन्टामा एफएम र टेलिभिजनमा अनि क्षणभरमै अनलाइनमा आउँदा अखबारकै बजार खस्कियो । अखबारले राम्रा पत्रकार राखेर खोजीका समाचार प्रकाशन गर्दा पनि काठमाडौँका अनलाइनहरूले बिहानै त्यही समाचार राखिदिएपछि जिल्लामा छापा माध्यम कमजोर भइरहेकै थियो । २०६५ पछि धेरै जिल्लामै अनलाइन, दैनिक पत्रिका, रेडियोसँगै टेलिभिजन स्थापनाका पहल भए । केन्द्रबाट अखबार प्रकाशन व्यावसायिक भइरहँदा जिल्लामा स्थानीय अखबार, रेडियोले पाठक, स्रोता, दर्शकलाई तानिसकेको थियो । टलिभिजन चलाउनुपर्छ भन्ने भइसकेको थियो ।

यसपछि केन्द्रका अखबारले ई–पेपर सुविधा दिन थाले । सरकारी कार्यालय, बैंक, इन्टरनेट पहुँचमा भएकाले त यसको सुविधा लिने भए । सर्वसाधारणलाई यो पनि सुविधाजनक भएन । पछिल्लो एक दशकमा आएमा स्मार्ट फोनले हाम्रो पत्रकारिताको ढाँचा नै बदलिदियो । सबै खबर अखबार, अनलाइन, टेलिभिजनमा भन्दा अगाडि फेसबुक, युट्युबमा आउन थाले । हरेक घटनाका भिडियो क्षणभरमै फेसबुकमा छाउन थाले । त्यही भिडियोमा आधारित सानो समाचार टेलिभिजनमा, अनलाइनमा, पत्रिकामा आउन थाल्यो । इन्टरनेटको पहुँचसँगै माथि उल्लेख गरिएको भित्तेपत्रिका हुँदै केन्द्रसम्म पुगेको पत्रकारिता काठमाडौँबाट फेरि प्रदेश, स्थानीय तह हुँदै वडा तहमा फर्कियो । यसको सबैभन्दा मार छापा माध्यमले भोगिरहेको छ ।

अहिले सरकारी सूचना छाप्नै पर्ने बाध्यताले अखबार लिखिरलिखिर चलेका छन् । नत्र भने समाचार र विज्ञापन अनलाइनमा आउन थालेपछि अखबारसँगै स्थानीय तहमा टेलिभिजनको बजार कमजोर भएको छ । एफएम रेडियो भारतमा झैँ गीत बजाउने र काठमाडौँबाट निःशुल्क आउने समाचारमा सीमित भएका छन् । जनशक्ति विकास, उत्पादनमा सञ्चारमाध्यम नलाग्दा ठूलो लगानीका पत्रिका, रेडियो, टेलिभिजन फेरि धराशयी नै भएका छन् । देखाउन त कोरोना, डेङ्गु, २०७२ को भूकम्प जे जे देखाए पनि भयो तर काठमाडौँका अखबार कोशी प्रदेश, मधेस प्रदेशमा अब गनेर सीमित सङ्ख्यामा सीमित भएका छन् । बागमती प्रदेशकै कतिपय जिल्लामा पत्रिका कुरियरबाट जान थालेका छन् । यसरी सञ्चार फेरि इन्टरनेट अर्थात् डिजिटल युगमा पुग्दा स्थानीय तहको समाचार स्थानीय तहमै प्रसारले नै अहिले प्रमुखता पाइरहेको छ ।

स्थानीय तहले सञ्चारका तालिम दिन बजेट विनियोजन गरेका छन् । वृत्तचित्त निर्माण, रेडियो सञ्चालन, पत्रकारलाई अवलोकन भ्रमण गराएका छन् । उसो त यी सबै अवसर उनीहरू कार्यरत सञ्चारमाध्यमले गर्नुपर्ने हो । उनीहरूले मिडिया चलेन, पत्रकारले लेखेनन् भनिरहँदा आफ्ना सहकर्मी, सञ्चारकर्मीलाई पुनर्ताजगी तालिम, अनुभव आदानप्रदानको मौकासमेत नदिइएका कारण केन्द्रीय सञ्चार गृहका कैयौँ अब्बल पत्रकार स्थानीय सञ्चारमाध्यममा झरेर सक्रिय भएका छन् । यसको असर आज स्थानीय तह र प्रदेशका सञ्चारमाध्यम तत्तत् क्षेत्र, भूगोलमा जनताको मुखपत्र भएका छन् ।

केन्द्र संस्करणमा नपरे पनि हाम्रो खबर स्थानीय अनलाइनले नै राम्रो र विस्तृत दिने गरेको छ भनेर स्थानीय तहमा विश्वास बढेको छ । अझ भिडियोसहित सामग्री प्रसारणमा स्थानीय तहका सञ्चारमाध्यम अग्रसर भएका छन् । पत्रिका, रेडियो, टेलिभिजन, युट्युब, फेसबुक र टिकटकमा समेत स्थानीय सञ्चार सामग्रीले अवसर पाउँदा भन्न सकिन्छ, काठमाडौँ केन्द्रित पत्रकारिता फेरि स्थानीय भूगोलमै फर्किएको छ । फरक यति हो यो दुई दशकमा पहिला भित्तेपत्रिका थियो । अहिले डिजिटल भित्तेपत्रिका अर्थात् ल्यापटप र मोबाइलमा पढ्न सकिने र आफ्नै भूगोल वरपरका बढी सामग्री पाइने भएको छ ।

पत्रकारिता दिवस मनाइरहँदा हामीले अब गुणस्तरीय सामग्री उत्पादनमा जोड दिने हो, दक्ष जनशक्ति निर्माणमा लगानी गर्ने हो । नयाँ पुस्तालाई समयसापेक्ष सामग्री उत्पादन, उच्चारण, सम्पादन, प्रसारणमा केन्द्रित गर्न जरुरी छ । प्रदेश सरकारले नै आमसञ्चारका अनेक विधागत संस्था स्थापना गरेर प्रदेश र स्थानीय तहमा सञ्चारको नयाँ आयाम सुरु गरिरहेका छन् । पत्रकारिता दिवस मनाइरहँदा यो उपलब्धिलाई कम्तीमा पत्रकारिता गर्नेहरूले चाहिँ गौरव मान्दै समिक्षित हुँदै अघि बढ्न जरुरी छ । – (रासस)
(लेखक वीरगञ्जबाट प्रकाशित मधेसदृष्टि दैनिकका सम्पादक हुनुहुन्छ)

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

ताजा समाचार

सबै

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.