१८ बैशाख, चितवन
लायन्स क्लब अफ भरतपुर इन्द्रेणीको अध्यक्षमा दोस्रो कार्यकालका लागि अधिबक्ता लायन नारायण गिरी चयन भएका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आर का प्रथम इलेक्टेड भाइस गभर्नर दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यता एवं क्लबका चार्टर प्रेसिडेण्ड लायन द्रोण बाबू सिवाकोटीको बिशेष आतिथ्यतामा सोमबार सम्पन्न अधेवेशनको प्रथम उपाध्यक्षमा शिला परियार, द्वितीय उपाध्यक्षमा डा. लक्ष्मण पौडेल र तृतीय उपाध्यक्षमा त्रिलोचन सापकोटा चयन भएका छन् ।
यस्तै, क्लबको सचिवमा सन्तोस तिवारी, कोषाध्यक्षमा राजु अधिकारी, बजार तथा संचार संयोजकमा मुकुन्द भुसाल, एल सि आइ एफ संयोजकमा दिपक राज तिमिल्सेना, सदस्यता संयोजक हेम कुवर, सेवा संयोजक सतिस ढकाल र क्लब प्रशासकमा कमल कुवर चयन भएका छन् ।