वैशाख १०, चितवन –
चितवनको भरतपुर महानगरपलिका वडा नमबर ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ ।
नयाँकिरण मावि मतदान स्थलमा चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गर्दा त्यसकाे विराेध एमाले पक्षका व्यक्तिले गर्दा तनाव सिर्जना भएको हो ।
लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए । एमाले पक्षका व्यक्तिले व्यक्तिले बिरोध गरेका थिए । हाल भने उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको छ ।