चितवन, वैशाख ९ –
सेन्ट्रल कलेज अफ भोकेसनल प्रालिले आफ्नै भवन बनाउने भएको छ । वैदेशिक शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आइरहेको कलेजले नारायणगढ लायन्सचोकस्थित आफ्नै जग्गामा करिब १० करोड लागतमा अन्डर ग्राउण्ड पार्किङ र लिफ्टसहित ८ तलाको भवन बनाउन लागेको हो ।
सेन्ट्रल कलेजका प्रिन्सिपल तथा सञ्चालक यज्ञविलास पौडेललेका अनुसार व्यवसायीक प्रयोजनका लागि बनाउन लागिएको उक्त भवन निर्माणको लागि निर्माण कम्पनि एसवन बिल्डर्स एण्ड सप्लायर्ससंग सम्झौता भएको हो । कलेजले लामो समयदेखि जापान,अस्ट्रेलिया, क्यानडा, युरोप, साउथ कोरिया लगायत अन्य देशमा पढ्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने गरेको छ ।
विगत ५ वर्षदेखि विभिन्न आवास तथा व्यापारिक भवन निर्माण क्षेत्रमा अग्रसर रहेर निर्माण कार्य गर्दै आईरहेको एसवन बिल्डर्स एण्ड सप्लायर्सले सेन्ट्रल कलेजको भरतपुर–२ लायन्सचोक स्थित जग्गामा (बिहीबार)देखि भवन निर्माण थालेको छ ।
बहुउद्धेश्यिय कम्पनी एसवन बिल्डर्स एण्ड सप्लायर्सले हाल नेपालमा निर्माण तथा रियल स्टेट क्षेत्रका साथै विभिन्न सरकारी तथा प्राईभेट क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आईरहेको कम्पनीका अध्यक्ष सुरज न्यौपानेले बताए ।